ईथियोपियन प्लेन दुर्घटनाको डरलाग्दो लाइभ भिडियो: १४९ यात्रु र ८ क्रू मेम्बरको मृत्यु (हेर्नुस डरलाग्दो भिडियो)

अफ्रिकी मुलुक इथियाेपियामा आइतबार १५७ जनाकाे ज्यान जानेगरी भएकाे विमान दुर्घटना भएको छ । इथियोपियन एयरलाइन्सको बोइङ ७३७–८०० म्याक्स अदिस अबाबा बोल इन्टरनेशनल एअरपोर्टबाट स्थानीय समयअनुसार बिहान ८ः३८ मा उडेको थियो । विमानले उडान भरेको ६ मिनेटमै विमानको टावरसँग सम्पर्क विच्छेद भएको सो कम्पनीले जनाएको छ ।

मृत्यु हुनेमा केन्याका ३२, क्यानाडाका १८, चीन र अमेरिकाका ८–८, भारत र बेलायतमा ४–४ जना नागरिक रहेका थिए । यसैगरी विमान दुर्घटनामा परी अष्ट्रिया, रसिया र स्वीडेनका तीन–तीन जना, इजरायल, मोरोक्को पोल्याण्ड र स्पेनका दुई–दुई जना तथा बेल्जियम, जिबोटी, इन्डोनेशिया, आएरल्याण्ड, मोजाम्बिक, नेपाल, नाइजेरिया, नर्वे, रूवाण्डा, साउदी अरब, स्लोभानिया, सोमालिया, सुडान, टोगो, युगाण्डा र यमनका एक–एक जना सवार रहेकाे विमान कम्पनीले जनाएकाे छ ।

उक्त बिमान दुर्घटनाको लाइभ भिडियो अहिले सामाजिक संजालमा भाइरल नै भएको छ ।

हेर्नुस भिडियो :

© Copyright by The News Nepal
Designed By Appharu