विश्वकपमा पाकिस्तानी खेलाडीको भिसा अस्वीकार गरेपछि ओलम्पिकबाट भारत बर्खास्त

नयाँदिल्ली । विश्व कुस्ती संघ (युडब्लुडब्लू) ले भारतसँगको सबैखाले सम्बन्ध तोड्ने निर्णय गरेको छ । भारतको सर्वाधिक सफल खेलका रूपमा रहेको कुस्तीमाथि अन्तर्राष्ट्रिय प्रतिबन्ध लगाउँदै युडब्लुडब्लूले अन्य देशलाई पनि भारतसँग सम्बन्ध अघि नबढाउन आग्रह गरेको छ । .

डब्लुडब्लूले आफ्ना सम्पूर्ण सदस्य राष्ट्रलाई पनि भारतसँग कुस्तीसम्बन्धी सबैखाले सम्बन्ध अन्त्य गर्न आग्रह गरेको हो ।

विश्वकपमा पाकिस्तानी खेलाडीको भिसा अस्वीकार
सुटिङ विश्वकपका दौरान पाकिस्तानका दुई खेलाडीलाई भिसा नदिएको विरोधमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले पनि भारतमा हुने कुनै पनि विश्वकप प्रतियोगिता तत्कालका लागि स्थगित गरेको छ । भारतले पाकिस्तानी खेलाडीलाई भिसा नदिएपछि आगामी जुलाईमा कुस्ती जुनियर एसियन च्याम्पियनसिप नगराउने निर्णय विश्व कुस्ती संघले गरेको छ । त्यस्तै, भुवनेश्वरमा हुने हकी सिरिज पनि नगर्ने आइओसीले जनाएको छ ।

कमन वेल्थ गेम अन्योलमा
चर्चित मानिने टेबल–टेनिसको कमन वेल्थ च्याम्पियनसिपको आयोजना पनि संकटमा परेको छ । आइओसीले तत्काल टेबल–टेनिसका विषयमा निर्णय नगरे पनि नहुने सम्भावना बढ्दै गएको छ ।

आइओसीले भारतले सबै देशका खेलाडीलाई भिसामा कुनै रोकतोक नगर्ने लिखित सहमति नगरेसम्म भारतमा कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता नगर्ने अवस्थामा पुगेको जनाएको छ । भारतले आफूलाई नसच्याए थप कारबाही गर्ने चेतावनी पनि आइओसीले दिएको छ । भारतमा १४ फेब्रुअरीमा भएको पुलवामा हमलापछि पाकिस्तानी खेलाडीलाई भारतले भिसा दिन अस्वीकार गरेको थियो ।

© Copyright by The News Nepal
Designed By Appharu