गायक बद्री पंगेनीपनि सरकारको विरोधमा यसरी उत्रिए

काठमाडौ । सरकार समर्थित कलाकारको रुपमा देखिएका लोकप्रिय गायक बद्री पंगेनी पनि सरकारको बिरोधमा उत्रिएका छन् । सरकारले विप्लव समुहलाई लगाएको प्रतिवन्धको बिरोधमा उत्रिदै तत्काल निर्णय सच्याउन आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत सरकारले गरेको प्रतिवन्धको निर्णयको विरोध गरेका हुन् ।

गायक पंगेनीले आफ्नो फेसबुकमा स्टाटस ल्ख्दै भनेका छन्, ‘द्धन्दबाट अहिलेसम्म कुन देश बन्या छ र ? विप्लवको प्रतिवन्ध तत्काल फिर्ता गर ।’ द्वन्द्वबाट अहिलेसम्म विश्वमा शान्ति र स्थिरता नभएको उल्लेख गर्दै गायक पंगेनीले विप्लवलाई जवर्जस्ती युद्धमा नधकेल्न सरकारसँग अनुरोध गरेका छन् । गायक पंगेनीले ध्वंश र विनासबाट मुलुक नबन्ने भन्दै अब देशले बम र बारुदको गन्ध सहन नसक्ने बताएका छन् ।

मुलुकलाई नै विखण्डन गर्ने क्रियाकलाप सञ्चालन गरिरहेका सिके राउतलाई आलिङगनमा बाँधेर देशभक्त विप्लवलाई प्रतिवन्ध लगाउनु शोभा नदिने पंगेनीको भनाई छ । गायक पंगेनीले प्रचण्ड र केपी ओलीलाई इंगित गर्दै हिजोको जनयुद्ध स्मरण गर्न अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘हिजो केपी ओली र प्रचण्डमाथि पनि तत्कालिन् राज्य व्यवस्थाले प्रतिवन्ध लगाएकै हो । तर, त्यसबाट युद्ध रोकिएको थिएन । त्यसैले पनि सरकारमा पदाशिनहरुले समयमै आँखा खोल्नुपर्छ ।’ यिनै कुराहरुलाई समेटेर गायक पंगेनीले आफ्नो फेसबुकमार्फत कवितात्मक शैलीमा स्टाटस लेखेका छन् ।’

© Copyright by The News Nepal
Designed By Appharu