आए बलिउडका चर्चित खलनायक गुल्सन : यी नेपाली कलाकारबाट अंग्रेजी फिल्म बन्दै

काठमाडौ । बलिउडका चर्चित खलनायक गुल्सन ग्रोवर नेपाल आइपुगेका छन् । लामो समय देखि हिन्दी चलचित्रहरुमा नदेखिएका उनी हलिउड चलचित्रमा देखिने भएका छन् । उनी द म्यान फर्म काठमाडौ नामको चलचित्रमा मुख्य भुमिकामा देखिने भएका हुन् । यो हलिउड चलचित्र एक जना नेपालीद्धारा निर्देशन गरिएको हो ।

चलचित्र पेमा धोंडेपmैले लेख्नुका साथैं आफैंले निर्देशन पनि गरेका छन् । यस चलचित्रमा गुलशन ग्रोवर, हमीद शेख, जोस मैनुअल, अन्ना शर्मा, माइकल ब्रायन, कर्मा शाक्य, नीर शाह, मिथिला शर्माको मुख्य भुमिका रहेको छ ।

यो चलचित्र आउँदो मार्च १५ देखि प्रदर्शनमा आउँने भएको हो ।

© Copyright by The News Nepal
Designed By Appharu