फ्लाइट इमर्जेन्सी : आमाले विमानस्थलमै बच्चा भुलिन्…

एक महिलाले आफ्नो बच्चालाई विमानस्थलको टर्मिनलमा नै भुलेपछि यात्रुवाहक विमानबीच बाटोबाटै साउदी विमानस्थलमा पुनः फर्कन बाध्य बनेको छ । जेद्दाहबाट मलेसियाको क्वाललम्पुरतर्फ विमान उडिरहेको बेला ती महिलाले चालक दलका सदस्यलाई आफ्नो बच्चा हराइरहेको जानकारी गराएकी थिइन् ।ती महिलाको आग्रहपछि पाइलट पुनः जेद्दाह विमानस्थलमा फर्कन एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई आग्रह गरेका थिए ।

गल्फ न्युजका अनुसार ती महिलाले किङ अब्दुल अजिज अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षमा नै आफ्नो बच्चालाई भुलेकी थिइन् ।हाल एउटा अडियो क्लिप निकै भाइरल भइरहेको छ जसमा विमानस्थलका कर्मचारी र पाइलटबीचको संवाद रहेको छ ।पाइलटले एटिसीका कर्मचारीलाई सोध्छन्, ‘भगवान हामीसँग रहुन् । के हामी फर्कन सक्छौँ ।’त्यसपछि एक एटिसीका कर्मचारीलाई ‘यो विमानले फर्कन आग्रह गर्दैछ….. एक जना यात्रुले आफ्नो बच्चा प्रस्थान कक्षमा नै भुलेछिन्, विचरा ।’त्यसपछि उनीहरु भन्छन्, ‘ठीक छ गेटमा फर्क, यो हाम्रो लागि विलकुलै नयाँ घटना हो ।

’फ्लाइट ट्रयाकिङ डाटाले उक्त विमान एक घण्टा ढिलो उडाएको देखाएको थियो । तर, यही कारणले विमानको उडानमा ढिलाइ भएको भन्ने स्पष्ट छैन ।त्यस्तै, विमानले उडान भरिसकेको थियो या थिएन भन्ने पनि स्पष्ट छैन ।गत वर्ष जर्मनीका एक जोडीले पनि छुट्टी मनाएर फर्कने क्रममा आफ्नो छोरीलाई विमानस्थलमा नै भुलेका थिए ।

© Copyright by The News Nepal
Designed By Appharu