पाकिस्तानमा झनै यसरी चम्किए नेपाली स्टार क्रिकेटर सन्दिप लामिछाने : भारत के भन्दैछ ?

काठमाडौ । यतिबेला पाकिस्तान सुपर लिग (पिएसएल) को लागि नेपाली युवा स्टार क्रिकेटर सन्दिप लामिछाने पाकिस्तानमा रहेका छन् । १८ वर्षका सन्दिपको खेल देखेर आज विश्व चकित भएको छ । उनी पाकिस्तानमा लाहोर कलन्दर्सको तर्फबाट खेलिरहेका छन् । आज सन्दिपको कराँचीमा अन्तिम खेल हुँदैछ । यसैका लागि उनी हिजो शुक्रबार कराँची पुगेका हुन् । उनलाई विमानस्थलमा भव्य स्वागत गरिएको थियो । उनको तस्विर देखाएर मानिसहरु स्वागत गर्न आएको देख्दा आफुलाई अत्यन्तैं हर्ष लागेको उनले बताए । नेशनल स्टेडियममा प्रशिक्षण सत्र चलिरहेको बेला जियो (पाकिस्तानको चर्चित टिभी च्यानल) सँग कुरा गर्दै सन्दिपले आफुलाई पाकिस्तान एकदमैं राम्रो लागेको प्रतिकृया दिएका छन् । उनले पाकिस्तानी जनताको माया र साथ पाएको भन्दैं खुःशी व्यक्त गरेका छन् । उनले आफु कराँचीमा एकदमैं खुःशी भएको भन्दैं आफुले आफ्नो टिमको लागि सक्दो मेहनत गर्ने जनाए ।

उनले भने, “कराँचीमा शानदार माहोल देखिएको छ । म आफुलाई यहाँ आउँन पाउँदा भाग्यमानी मान्छु । मलाई लाग्छ पाकिस्तानमा क्रिकेटको नयाँ इतिहाँस बन्नेछ , म यहाँ खेल्नको लागि एकदमैं उत्साहित छु ।” उनलाई पत्रकारले तपाईलाई यहाँ कस्तो लाग्यो भनेर सोधेको प्रश्नमा सन्दिप भन्छन्, “सडकभरि मेरो लगायत टिमको तस्विर देख्दा खुःशी लाग्यो । विमानस्थलमा स्वागत गर्न आएका मानिसहरु देख्दा झन उत्साह भरिएको छ । मलाई वास्तवमा एकदम रमाइलो लागिरहेको छ ।” जब उनलाई खानाको बारेमा सोधियो उनले भने, “मैले यहाँ चिकेन बिरयानी खाए, मलाई असाध्यै स्वादिलो लाग्यो ।

मलाई देसी भोजन पनि उत्तिकैं मनपर्छ ।” उनले आफ्नो टिमले जसरी पनि जित्नुपर्ने भन्दैं आफुले आफ्नो तर्फबाट पुरा प्रयास गर्ने जनाएका छन् । आफुले खेलिरहेको टिमले आफुलाई धेरैं सहयोग गरेको भन्दैं उनले आफ्नो टिममा भएका साथिहरुको सहयोग पनि अतुलनीय भएको बयान दिएका छन् । सन्दिप लामिछानेको यो खेलले नेपाल र पाकिस्तानबीच भएको सम्बन्धको पर्खाललाई भत्काउन सहज हुने जानकारहरु बताउँछन् । हालैं नेपाली युवक र पाकिस्तानी युवत्ती बिचको विवाहले पनि नेपाल पाकिस्तानबीचको सम्बन्ध गाढा बन्दै गएको आँकलन गरिएको छ ।

उनलाई पाकिस्तानी जनताले दिएको सम्मान देखेर भारतिय खेलाडीले रोश प्रकट गरेका छन् । उनलाई नेपाल देखि आउँनुभएको छ के भन्न चाहानुहुन्छ भनेर पत्रकार प्रश्न गरेका थिए । जवाफमा सन्दिपले खेलको कुनै देश, जात, धर्म हुँदैन म जहाँ पुगेपनि प्रशंसक सबै मेरा आफ्नै हुन् भन्ने लाग्छ भनेका थिए । जियो न्युज यो प्रतिक्रियालाई जोड दिँदै लेख्छ भारतका खेलाडी पाकिस्तानसँगसमेत क्रद्ध बनेर प्रतिक्रिया दिइरहेकाबेला सुन्दिपबाट केही सिक्ने की ? उसले विश्वकप नै पाकिस्तानसँग खेल्नु हुन्न भनेर भारतका चर्चित खेलाडीले नै दिएको प्रतिक्रियालाई सन्दिपको बिचारसँग मिलाएर झापड दिएको छ । मुल खबर हेर्न यहाँ क्लिक गर्न सक्नुहुनेछ ।

© Copyright by The News Nepal
Designed By Appharu