छाति पोल्ने समस्या छ ? होशीयार !पेटको क्यान्सरको लक्षण हुन सक्छ

के तपाईंलाई छाति पोल्ने समस्या छ रु यदि छ भने यसलाई रुपमा नलिनुहोस् । छाति पोल्ने समस्या पेट क्यान्सरको लक्षण हुन सक्छ । पब्लिक हेल्थ इंग्ल्याण्डका अनुसार यदि तीन साताभन्दा बढी समयदेखि छाति पोल्ने र खाना निल्न समस्या छ भने तत्काल डाक्टरलाई देखाइहाल्नुपर्छ ।

किनभने अधिकांश मानिसहरु पेट क्यान्सरको सुरुवाती लक्षण थाहा पाउँदैनन् । क्यान्सर जति चाँडो पत्ता लाग्छ, उपचार उति सजिलो हुन्छ । पेट क्यान्सरको लक्षण यस्ता हुन्छन जुन बेवास्ता गरिन सक्छ –

तीन सातादेखि अपच हुनु, खाना निल्न समस्या हुनु, विनाकारण तौल कम हुनु, धेरै डकार आउनु, चाँडै अघाउनु, बान्ता आउनु या आउलाजस्तो हुनु
पेटको माथिल्लो भागमा पीडा या असुविधा महसुस हुनु केही मानिसहरु क्यान्सरको पुष्टि हुने डरले आफ्नो स्वास्थ्य समस्याका बारेमा कुरा नै गर्न चाहदैनन् । केही भने डाक्टरलाई नै विश्वास गर्दैनन् र आफ्ना समस्या बढ्दो उमेरसंग आएको बताउँछन् । माथी उल्लेख गरे अनुसार लक्षण हरु देखीएमा तुरुन्तै डाक्टर सँग परामर्श गर्नु पर्ने हुन्छ ।

© Copyright by The News Nepal
Designed By Appharu