अचानक भएको आगलागीबाट हजारौं मानिस विस्थापीत ! [आगो नियन्त्रणमा आउँन सकेन्]

जंगलमा अचानभ भएको आगलागीबाट हजारौं परिवार विस्थापीत भएका छन । यो घटना न्युजिल्यान्डको दक्षिण टापुस्थित जंगलमा भएको हो जहाँ हजारौं मानिस आगोबाट विस्थापीत भएका छन । एक साताअघि नेल्सन शहर नजिकैको जंगल क्षेत्रबाट आगलागी शुरु भएको थियो । त्यस क्षेत्रमा तीव्र गतिमा हावा चल्दा आगलागी नियन्त्रण गर्न कठिनाइ उत्पन्न भएको अधिकारीहरुले जनाएका छन । आगो नियन्त्रणमा आउँन नसकेपछि अहिले भयावहको अवस्था सिर्जना गरेको अधिकारीहरुले बताए । जंगल क्षेत्र नजिकै रहेको एउटा नगरमा आगो सल्किन सक्ने जोखिम बढेको छ ।

न्युजिल्यान्डको आपतकालिन सेवा विभागले आगलागीपछि तीन हजार मानिस विस्थापित भएको जानकारी दिएको छ । न्युजिल्यान्डमा ६५ वर्षपछि जंगल क्षेत्रमा यति ठूलो आगलागी भएको बताइएको छ । आगालागी फैलिदै गए ६५ हजार मानिसलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउनसक्ने सरकारी अधिकारीहरुले बताएका छन् । एजेन्सी

© Copyright by The News Nepal
Designed By Appharu