सावधान ! स्वाइन फ्लूले आज एकैदिन १०० भन्दा धेरैं बिरामी, ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो समय भाइरल बन्दैं गएको स्वाइन फ्लूका १०० बिरामी भर्ना भएका छन । भारतको राजस्थानमा एकै दिन स्वाइन फ्लूका १०० भन्दा धेरैं बिरामी भर्ना भएको बीबीसीले जनाएको छ । यस वर्षको सुरुवात पछि, राज्यमा स्वाइन फ्लूबाट लगभग १०० मानिसहरू मरेको जनाइएको छ । आधिकारिक तथ्याङ्क अनुसार, गएको ४८ घण्टामा, राज्यमा स्वाइन फ्लूको कारण नौ जना मानिसको ज्यान गएको छ ।

यी चिन्ताजनक आंकडाहरू पछ्याउँदै सरकारले यस रोगको नियन्त्रणका लागि अनुसन्धान कडा पारेको छ । स्वाइन फ्लू को घटनामा राजस्थान को स्थिति धेरै खराब छ । राजस्थानमा स्वाइन फ्लू को ७० प्रतिशत खत्तरा देखिएको छ । भारतभर ६ हजार बिरामी भएकोमा २ हजार ७९३ राजस्थानमा मात्रैं छन् । गत वर्ष, स्वाइन फ्लूका १ हजार ८८ बिरामी फेला परेका थिए ।

© Copyright by The News Nepal
Designed By Appharu