खुसीको खबर – फेसबुक मेसेन्जरमा अत्यन्तै महत्वपूर्ण रहेको फिचर फेसबुकले ल्याएको छ, अब पठाई सकिएको मेसेज, फोटो, भिडियो आदि आफ्नैबाट पाउने मान्छेको मेसेन्जरमा समेत डिलेट गर्न सकिनेछ

एजेन्सी । फेसबुकले आफ्नो फेसबुक मेसेन्जर एपमा अत्यन्तै जरुरी नयाँ फिचर ल्याएको छ। फेसबुकमा स्टाटस अपडेट पछी अत्यधिक प्रयोग गरिने फेसबुक मेसेन्जर हो । त्यसमा एक कमिको महसुस गर्दै फेसबुकले त्यसलाई पनि समाधान गरेको छ ।  अब फेसबुक मेसेन्जर प्रयोग कर्ताले पठाएको कुनै पनि मेसेज पाउने व्यक्तिको मेसेन्जरमा समेत नरहने गरि डिलेट गर्न सक्ने छ । यसको मतलव आफ्नोमा डिलेट गरेपछि प्राप्तकर्ताकोमा पनि उक्त मेसेज स्वत डिलेट हुनेछ । अहिले सम्म आफ्नो मेसेन्जरको मात्र मेसेज डिलेट गर्न सकिन्थ्यो । यो नया फिचर अपडेट भएसंगे धेरै मेसेन्जर प्रयोगकर्ता लाभान्वित हुनेछन ।

गलतबस अर्कैलाई पठाएको फोटो अरुलाई पर्ने, गलत मेसेजहरु सेन्ड हुने हुदा धेरैको माग थियो यस प्रकारको फिचर । जुन फेसबुकले सुनेको छ । तर यो फिचरको पनि क्राइटएरिया रहेको छ । त्यो के भने – मेसेन्जरमा यसरी पठाइने मेसेज पठाएको १० मिनेटभित्र डिलिट गर्नुपर्नेछ। त्यसपछि सो मेसेज डिलिट गर्न चाहेमा पनि गर्न सकिने छैन। आज शुक्रबारबाट यो नया फिचर उपलब्ध भैसकेको छ । तर त्यसको लागि आफ्नो फेसबुक मेसेन्जर एप भने अपडेट गर्न जरुरी हुन्छ ।

© Copyright by The News Nepal
Designed By Appharu