अमेरिकाले उत्तर कोरियालाई दबाउँन सकेन,फेरि वार्ता गर्ने ट्रम्पको उद्घोष !

काठमाडौं । लामो समय तनाबमा रहेको अमेरिका र उत्तरको कारिया बिचमा सम्बन्धमा फेरि मलम लगाउँने प्रयास गरिने भएको छ । गत वर्ष जुनमा सिंगापुरमा पहिलो ऐतिहासिक शिखर बैठकपछि फेरि दोस्रोपटक भेट गर्ने भएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता कीम जोङ–अनलाई फेब्रुअरी २७–२८ तारिखमा भियतनाममा भेट्ने घोषणा गरेका छन् । भियतनाम बैठकमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाको आणविक कार्यक्रम त्याग्नका लागि उत्तर कोरियाली नेतालाई सहमत गराउन विशेष पहल गर्नेछन् ।

अमेरिकी संयुक्त सदनलाई सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले गत वर्ष सिंगापुरमा भएको पहिलो वार्ताले शान्तिका लागि बाटो खोलेको बताए । आणविक निःशस्त्रीकरण कसरी सम्पन्न हुन्छ भन्नेमा अझैसम्म ठोस कार्यक्रम र रुपरेखा तय भइसकेको छैन । राष्ट्रपति ट्रम्पले भने, “कोरियाली प्रायःद्वीपमा दिगो शान्ति स्थापना गर्न संयुक्तराज्य अमेरिकाले ऐतिहासिक र साहसिक कदम चाल्नु आवश्यक थियो ।”

राष्ट्रिय गुप्तचर निकायका निर्देशक ड्यान कोट्सले गत साता कङ्ग्रेसको एक समितिमा अमेरिकी गुप्तचर अधिकारीहरुले अझै पनि कीमले आणविक कार्यक्रम त्याग्नेमा विश्वास नगरेको बताएका थिए । उनले आणविक अस्त्र नै उत्तर कोरियाको मुख्य बाँच्ने आधार रहेको बताएका छन् । एजेन्सी

© Copyright by The News Nepal
Designed By Appharu