सलमान खानले यी युवतीलाई साथीको मृत्युपछि आफ्नी बहिनी बनाए , विहे गराएर आफैले दिए कन्यादान !

काठमाडौ । बलिउडका सुपरस्टार सलमान खानले आफ्नो साथीको मृत्युपछि उसको छोरीलाई आफैले बहिनी बनाएर कन्यादान दिएका छन् ।सलमान आफैले सुनिल नाम गरेका मानिसलाई साथी बनाएर आफ्नै परिवार जस्तै बनाएका थिए।त्य सपछि सलमान र सुनिल निकै नजिकको साथी बने । त्यसपछि उनले साथीको छोरीलाई बहिनी बनाएका थिए । बहिनीले पनि हरेक रक्षा बन्धनमा सलमानलाई राखी बाध्ने गरेकी थिइन् ।उनको नाम श्वेता रोहिरा हो । उनी एक पत्रकार हुन् भने बुटिक पनि चलाउ छिन ।

सलमान आफ्नो साथी र परिवारसँग वेलाबेलामा एकसाथ कुनै नयाँ ठाउ घुम्न गइरहन्थे । तर साथी बनेको केही वर्षपछि सलमानको साथी सुनिलको मृत्यु भयो ।

त्यसपछि सलमानले २०१४ मा साथीको जिम्मेवारी पुरा गदै आफ्नो बहिनीलाई आफैले कन्यादान दिएर विवाह गराइदिए । र श्वेतको भाइ सिद्धार्थलाई पनि हेरविचार गर्ने गर्छन् । तर अहिले उनको बहिनी श्वेता र ज्वाई पुलकितकाे विवाह भएको १ वर्षपछि सम्बन्ध विच्छेद भएकाे छ ।

© Copyright by The News Nepal
Designed By Appharu