विवाह गरेको तीन मिनेटमै डिभोर्स !

कुवेतमा एउटा जोडी विवाह गरेको तीन मिनेटमै छुट्टिएको छ ।यो विवाह कुवेतको इतिहासमा नै सबैभन्दा कम समयको भएको बताइएको छ । डेली मेलका अनुसार अदालतमा विवाहको सम्झौतामा हस्ताक्षर गरेर निक्लनेबित्तिकै बेहुलीले डिभोर्स गरेकी हुन्। अदा लतमा जाँदै गर्दा चिप्लिएपछि आफूलाई ‘बेवकुफ’ भन्दै जिस्काएपछि बेहुली रिसले चुर हुँदै न्यायाधीशसँग वैवाहिक सम्झौता खारेज गर्न माग गरेकी हुन् ।

सामाजिक सञ्जालमा ती पुरुषले महिलाको आत्मसम्मानमा ठेस पुर्याएको भन्दै समर्थनमा महिलाको समर्थनमा उत्रिएका छन् । एकजना ट्विटरमा प्रतिक्रिया दिँदै लेख्छन्, ‘सुरुमै यस्तो व्यवहार गर्नेसँग छुट्टिनु नै उत्तम हुन्छ ।’ उता क्रिप्टोकरेन्सी र नोक्सानी एउटै सिक्काको दुई पाटाजस्तो हो भनिन्छ । पछिल्लो हप्ता क्यानडामा भएको एउटा घटनाले क्रिप्टोकरेन्सीबाट हुने नोक्सानीका बारेमा बहस झनै बढेको छ ।

क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेञ्ज प्लेटफर्म क्वार्डिगाका लगानीकर्ता झण्डै १९ करोड अमेरिकी डलर(झण्डै २३ अर्ब नेपाली रुपैयाँ) गुमाउने स्थितिमा पुगेका छन् । यसको कारण अरु केही होइन, केबल एउटा पासवर्ड हराउनु हो । यसमा ५ करोड अमेरिकी डलर हार्ड करेन्सी पनि समावेश रहेको बीबीसीले जनाएको छ ।

© Copyright by The News Nepal
Designed By Appharu