परस्त्रीसँग लागेको थाहा पाएपछि श्रीमतीले श्रीमानको लिङ्ग काटेर चाउमिन पकाईन् !

काठमाडौं । मान्छेले रिसको झोकमा अनेक गर्दछन् । हामीले केही दिन पहिले पुर्वप्रेमीलाई मारेर त्यसको बिर्यानी बनाएर आफ्ना कामदारलाई ख्वाएको घटना याद गरिरहेका छौं । नेपाल लगायत विश्वभरि हरेक दिन यस्ता घटना घटिरहेका हुन्छन् । एक श्रीमतीले श्रीमानले धोका दिएको थाहा पाएपछि यौनाङ्ग नै काटिदिएको समाचार प्रकाशित भएको छ । अन्तराष्ट्रि सञ्चारमाध्मका अनुसार श्रीमतीले श्रीमानको यौनाङ्ग काटेर चाउचाउमा हालेर प्यानमा पकाइन् ।

यसबारे फोटो सार्वजनिक भएपछि धेरैले यसलाई वास्तविक ठानिरहेका छन् । एउटा फोटोमा रगत लत्पित्तिको सर्ट लगाएका व्यक्ति आँखा चिम्लिएर पल्टिरहेका छन् भने अर्को फोटो चाउचाउको छ । उक्त चाउचाउमा यौनाङ्गाको टुक्रा रहेको पनि बताइएको छ । यद्यपी, यी तस्बिर वास्तविक भनेर पुष्टि भइसकेका छैनन् ।  यी तस्बिर वेबसाइट प्रोलिफिक स्किन्सले पोष्ट गरेको हो जसमा भनिएको छ, ‘अर्की महिलासँग लागेपछि एक श्रीमतीले आफ्नो श्रीमानको यौनाङ्ग नै काटिदिएकी छिन् ।’ यस्तो विचलित तुल्याउने घटना पहिलो भने होइन ।

यसअघि एक महिलाले धोका दिने श्रीमानलाई फ्राइङ प्यान र किचेनको चक्कुले यौनाङ्ग काटिदिएको बताइएको छ । ४७ वर्षे वकिल ओतिके–ओडिबीले आफ्ना ५० वर्षे सीम नामका श्रीमानको नाइजेरियाको लेकीबाट युके भ्रमणको तयारीका बेला हत्या गरेकी थिइन् ।

एजेन्सी

© Copyright by The News Nepal
Designed By Appharu