तपाईंलाई थाहा छ ? नेलपोलिस लगाउँदा क्यान्सर पनि हुनसक्छ

महिलाहरुको सुन्दरतामा हातगोडाका नङको पनि बेग्लै महत्व हुनेगर्छ । हातगोडाका नङहरु थप सुन्दर बनाउनका लागि महिलाहरुले विभिन्न रङका पालिसहरु लगाउँछन् । प्रायः महिलाले आफ्नो नङ सुन्दर बनाउनका लागि रातो रङको पालिस लगाउँछन् । नङ पालिसले महिलाहरुको हातगोडाका औलाहरु निकै आकर्षक देखिन्छन् । तर, तपाईंलाई थाहा नहुन सक्छ । नेलपोलिसको बढी प्रयोगले शरीरलाई विभिन्न प्रकारका हानी गर्छ । यसमा प्रयोग हुने विभिन्न केमिकल्स स्वास्थ्यको लागि निकै हानिकारक छ ।

तपाईंलाई थाहा नहुन सक्छ । बढी नङपालिसको प्रयोगले क्यान्सर पनि हुनसक्छ । नेलपोलिसमा फोर्माल्डिहाई नामक केमिकल्स रहेको हुन्छ, जसमा कार्सिनोजेनिक तत्व हुन्छ । यसले शरीरमा क्यान्सर गराउने हुँदा यो शरीरका लागि निकै हानीकारक छ ।

नेलपोलिसले स्वास्थ्यमा पुर्याउछन् यस्ता असरहरु
–केमिकल्सको असरः यसमा प्रयोग हुने केमिकल्स शरीरबाट सजिलैसँग जाँदैन । यसले गर्दा शरीरमा विभिन्न प्रकारको एलर्जी हुने गर्दछ । यी केमिकल्सले हाम्रो रगतमा पनि असर पुर्याउने गर्छन् । –हर्मोनमा असर गर्छः प्रायः नेल पोलिसमा ट्रिफेनाइल फोस्फेट रहन्छ । जसले शरीरमा हुने हर्मोनलाई असन्तुलित बनाउनुका साथै प्रजनन स्वास्थ्यमासमेत असर र्पुयाउँछ । विशेषगरी जो महिलाले धेरै नेल पेन्ट गर्छन्, उनीहरुको रगतमा ट्रिफेनाइल फोस्फेटल रहने भएकोले यसले शरीरलाई धेरै नोक्सान र्पुयाउने गर्छ ।

–मस्तिष्कमा असरः ट्रिफेनाइल फोस्फेट मस्तिष्कमा क्षति र्पुयाउने तत्वका रुपमा पनि परिचित छ । त्यसैले यसको नकारात्मक असरले मस्तिष्कमा समेत प्रभाव पार्ने गर्छ । –छालासम्बन्धि एलर्जीः नेल पोलिसमा गम तथा प्हाइटरमा प्रयोग गरिने टोल्युन पाइने गर्छ, जो दिमाग तथा स्किन दुवैको लागि हानीकारक हुनसक्छ । यसले छालामा एलर्जी तथा घाउसमेत हुनसक्छ ।

© Copyright by The News Nepal
Designed By Appharu