पढेको कुरा बिर्सिएर परिक्षामा तनाव छ, यी बिरुवाका पात जसले बढाउँछ तपाईको स्मरण शक्ति

एजेन्सी बिर्सने धेरैको बानी हुन्छ त्यसमाथि पढेको कुरा बिर्सिएर परिक्षामा तनाव बेहोर्ने विद्यार्थीहरु धेरै हुन्छन् । स्मरण शक्ति वृद्धि गर्न र मस्तिष्कलाई स्वास्थ्य र सन्तुलित राख्न मानिसहरु विभिन्न औषधि र योगहरुको अभ्यास गर्छन् । आयुर्वेदिक चिकित्साले केही घरेलु खाद्य वस्तुहरुका बारेमा बताउँछ जसले मस्तिष्क सम्बन्धि सम्पूर्ण कुराहरुलाई स्वास्थ्य र सन्तुलित राख्छ । ज्वानोको पातले शरीरलाई स्वास्थ्य र जवान राख्न मद्दत गर्छ यसमा प्रशस्त मात्रामा एन्टी अक्सिडेन्ट तत्व पाइन्छ जसले मस्तिष्कको दवाइको रुपमा काम गर्छ । यसले अरोमा थेरापीको काम गर्छ

दैनिक दुईदेखि चारवटा तुलसीको पात सेवन गर्दा बिर्सने समस्याका लागि रामबाण सावित हुन्छ । केसरलाई मसलाको रुपमा प्रयोग गर्न सकिन्छ यसको प्रयोग अनिद्राको समस्या हट्नु साथै मस्तिष्क पनि ऊर्जावान रहन्छ, ग्रीन टीमा पाइने पालिफिनालले मस्तिष्कलाई सन्तुलित राख्छ यसलाई दैनिक तीन पटक पिउनाले मस्तिष्क शान्त, एकाग्र र स्मरण शक्ति तेज रहन्छ

ओखर धेरै तत्व पाइन्छ ओमेगा थ्री, फ्याट्टी एसिड, प्रोटिन, फाइबर र अक्सिडेन्ट पाइन्छ दैनिक ओखर सेवन गर्नाले स्मरणशक्ति मजबूत बन्छ । जाइफललाई स्वाद र सुगन्धका लागि प्रयोग गरिन्छ यसमा पाइने तत्वले मस्तिष्कलाई स्वास्थ्य राख्नुका साथै स्मरण शक्तिलाई बृद्धि गर्छ । दहीमा प्रोटिन, कार्बोहाइड्रेट वसा, खनिज, फलाम, कैल्शियम र फरस्फोरस प्रयाप्त मात्रामा पाइन्छ । यसमा एमिनो एसिड पनि पाइनछ यसले मस्तिष्कको तनावलाई न्युनिकरण गर्छ र स्मरण शक्ति बढाउँछ

© Copyright by The News Nepal
Designed By Appharu