‘रणविर’का कलाकार सुशिल र प्रशान्तको ‘कमेडि होस्टल’मा यस्तो मस्ती

यतिबेला हलहरुमा चलचित्र ‘रणविर’ प्रर्दशन भईरहेको छ । गोविन्द सिहँ भण्डारीको निर्देशन रहेको चलचित्रमा सुशिल सिटौला, प्रशान्त ताम्राकार, सुभेच्छा खड्का, सुपुष्पा भट्ट लगायत कलाकारले मुख्य भुमिकामा अभिनय गरेका छन् ।

गोमा विष्ट थापा र दिपेन्द्र रेग्मीको लगानी रहेको लभ एक्सन जनराको चलचित्रले यतिबेला प्रशंशा बटुलिरहेको छ । हरेक शनिवार ७ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम ‘कमेडि होस्टल’मा हालैमात्र अतिथिका रुपमा आएका प्रशान्त ताम्रकार र सुशिल सिटौलाले ‘रणविर’संग सम्बन्धित लगायत कलाकारीता क्षेत्रको धेरै कुरा सेयर गरेका छन् ।

केहि वर्ष देखि निरन्तर रुपमा प्रशारण भईरहेको लोकप्रिय कार्यक्रम ‘कमेडि होस्टल’मा विभिन्न क्षेत्रका चर्चित व्यक्तिहरुसंग रमाइलो कुराकानी गर्दै हाँस्यव्यंग्य पनि प्रस्तुत गरिन्छ । चलचित्र क्षेत्रमा संघर्ष गरिरहेका सुशिल ‘रणविर’बाट अत्यन्तै सन्तुष्ट भएको बताउँछन् । अन्य चलचित्र भन्दा यस चलचित्रमा एकदमै फरक भुमिकामा अभिनय गरेको बताउने उनी दर्शकको प्रतिक्रियाले निकै खुशी छन् । लिड रोलमा अभिनय गरेको उनको यो पहिलो चलचित्र हो ।

‘रणविर’का अर्का कलाकार प्रशान्त पनि आफ्नो भुमिकामा सन्तुष्ट छन् । हेन्सम भिलेनमा रुपमा परिचित्र उनी भन्छन्, “यो चलचित्रका लागी हाम्रो टिमले निकै मेहेनत गरेको छ ।” कार्यक्रममा यि दुई कलाकारको साथमा होस्टलका कलाकार सरापे, ऐलेन र भुनियाँको पनि प्रस्तुति रहेको छ ।
हेर्नुहोस्, यो रमाईलो कार्यक्रम–

© Copyright by The News Nepal
Designed By Appharu