किन झर्छ कपाल ? यसका रोकथामका उपाय

आजकल धेरै मानिसलाई उमेर नढल्की कपाल झरेर हैरान पारेको छ कपाल धेरै झर्ने कारण साधारणतया महिलाभन्दा पुरुषको कपाल धेरै झर्छ

 पुरुषको धेरै कपाल जेनेटिक कारणले झर्ने गर्दछ तर, महिलाको कपाल जेनेटिकभन्दा अन्य कारणले कपाल धेरै झर्ने गरेको पाइन्छ पछिल्लो समय महिलाहरू पुरुषजतिकै तनावमा पर्न थालेपछि झनै कपाल झर्न थालेको पाइन्छ  

कपाल झर्ने समस्या नेपालमा पनि बढ्दै गएको छ पछिल्लो समय ३० वर्ष उमेर पुगेका पुरुष तथा महिलाहरुमा कपाल झर्ने समस्या देखिन थालेको छ कपाल झर्ने समस्यालाई एलोपेसिया भनिन्छ  

शरीरको कुनै पनि भागबाट कपाल झर्नुलाई एलोपेसियाभनिन्छ ५० देखि सयवटा कपाल झर्यो भने यसलाई सामान्य मानिन्छ तर, धेरै दिनदेखि सय भन्दा बढी कपाल झर्न थाल्यो भने चिकित्सकको सल्लाहअनुसार उपचार गर्नुपर्छ

कपाल झर्ने कारणहरु

. लामो समयसम्म अस्पताल बसेर उपचार गर्दा पनि कपाल झर्ने हुन सक्छ

. क्यान्सर रोगका कारण पनि कपाल झर्छ

. सुत्केरी हुँदा पनि कपाल झर्न सक्छ

. दुर्घटनामा परेर टाउकोमा चोट लाग्दा

. वंशानुगत कारण

. पुरुषमा हुने हर्माेनका कारणले पनि कपाल झर्न सक्छ

.एउटै काँइयो धेरैजनाले प्रयोग गर्दा पनि समस्या हुन सक्छ

. विभिन्न किसिमका कस्मेटिक सामग्रीको प्रयोगले कपाल झर्ने गरेको छ

रोकथामको उपाय

. खानपानमा ध्यान दिने

. कपालमा केमिकल प्रयोग नगर्ने

. कपाललाई कडा रुपले नबाँध्ने तथा कडा हेयर स्टाइल नबनाउने

. तातो पानीले ननुहाउने

. एउटै काइयो धेरै जनाले प्रयोग नगर्ने

. कपालको सरसफाईमा ध्यान पुर्याउने एजेन्सी

© Copyright by The News Nepal
Designed By Appharu