कतारको रच्यो नयाँ इतिहास : चार पटकको च्याम्पियन जापानलाई ३-१ ले पराजित गर्दै कतारले उचाल्यो एसिया कपको उपाधि !

एजेन्सी, १९ माघ । एएफसी एसियन कप २०१९ को उपाधि कतारले जितेको छ ।

एसियाको पावरहाउस मानिने जापानलाई ३-१ ले पराजित गर्दै कतारले यस पटकको एएफसी एसियन कपको उपाधि जितेको हो ।कतारले खेलको पहिलो हाफमा नै २-० को अग्रता बनाएको थियो । जापानले दोस्रो हाफमा गोल फर्काउँदै खेलमा फर्कने सम्भावना देखापनि कतारले अर्को गोल थप्दै उपाधि पक्का गरको हो ।कतारका लागि अल्मोएज अलीले खेलको १२ औं मिनेटमा गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । उनको यो प्रतियोगितामा नवौं गोल हो । यस गोलसँगै एसियन कपको इतिहासमा एकै संस्करणमा सर्वाधिक गोल कर्ने कीर्तिमान पनि उनले नै रचे । यसअघि इरानका अलि दाइले ८ गोल गरेर कीर्तिमान बनाएका थिए ।

खेलको २७ औं मिनेटमा अब्देलाजिज हातिमले उत्कृष्ट गोल गर्दै कतारलाई २-० को अग्रता दिलाए । जापानका लागि दोस्रो हाफको ६९ औं मिनेटमा तकुमी मिनामिनोले गोल गर्दै गोलअन्तरलाई एक गोलमा झारेका थिए । तर ८३ औं मिनेटमा आक्रम हसन अफिफले पेनाल्टीमार्फत गोल गर्दै कतारको जित पक्का गरे ।कतारले एसियन कपको इतिहासमा पहिलो फाइनल खेल्दै उपाधि जितेको हो । पराजित जापान भने पहिलोपटक फाइनलमा पराजित भएको हो । यसअघि चार पटक फाइनल पुगेको जापानले चारै पटक उपाधि जितेको थियो ।

© Copyright by The News Nepal
Designed By Appharu