कृष्ण भन्छन ‘मैले खाईदिए पछि मात्रै खान्छिन रुपा’ मन थामेर हेर्नुस भिडियो

‘तिमीलाई हड्डी खियाएरै भएपनि स्टाफ नर्स पढाउँछु’ २१ वर्षका कृष्णले पढाई सकेर काममा जाँदै गर्दा रुपासंग बाचा गरेका रहेछन, तर समयको नियति कृष्ण र रुपाको जीवनमा अर्कै थियो । श्रीमानको हौसला पछि रुपाको आत्मबल झन बढ्यो र नर्सको लागी बृज कोर्ष गर्न थालिन ।‘जेठ २४ अर्थात हाम्रो म्यारिज एनिभर्सरी डे’ रुपाले सुनाईन, कस्तो मलाई यादै नभाको, उहाँले फोन गरेर मिठो-मिठो खाउ रमाईलो गर आज त हाम्रो म्यारीज एनिभर्सरी कृष्णको फोन आयो ।

अनि हामीले रमाईलो गर्यौँ । त्यसको अर्को दिन खै किन हो त्यो दिन अघिल्लो दिन अर्थात २४ गतेको जस्तो खुसी थिईन । अलि न्यास्रो लागेको थियो । खाना खाने मन थिएन साँझपख अलि ढिलोगरी सुनेको दुर्घटनाको खबरले म केहीबेर बेहोस भए । रात रोएरै बित्यो ।

उपचारका क्रममा अस्पतालमा श्रीमती रुपाका साथ कृष्ण

त्यस्ता कति दिन कति रात रोएर बिते रुपा र कृष्णका अनुमान छैन । रुपा आँखाभरी पारेर भन्छिन ‘मामाले आमालाई भन्नु भएछ भान्जीलाई फिर्ता ल्याउ, त्यो दुबै हात नभएकोले कसरी पाल्छ ? के खाएर बस्छे ? आफुँले माया गरेर बिहे गरेको मान्छेलाई कसरी छोड्न सकिन्छ र दाई ?’ रुपा डाको छोडेर रोईन । घरको कथा दुबैको उस्तै छ । दुबैका बुबा-आमा साथमा छैनन । दुबै माओलीमा हुर्केका । रुपाको अहिले यत्रतत्र प्रशंसा छ । २१ वर्षकी रुपाको परिपक्कता देखि दुनियाँले सलाम गर्छ ! ‘कृष्णलाई मेरो हात मिल्ने भए मेरै हात दिन्थें तर तिम्रो यति सानो हात कहाँ मिल्छ मेरो शारीरमा कृष्ण भन्नुहुन्छ’ रुपाले सुनाईनन ।

सुरु सुरुमा माया बस्दाका दिन सम्झिईन रुपाले पहिले-पहिले कृष्णले मलाई खुवाईदिनु हुन्थ्यो । अहिले म खुवाई दिन्छु, एकछिन छोड्न सक्दिन आमा जस्तै गरेर स्याहार गर्न मन लाग्छ । कृष्णको हात राख्दिन मन छ । भगवान जस्ता नेपालीहरुको हामी प्रतिको दया मायाले आजभोलि निकै हौसला र अझै खुसीले बाँच्ने केहि गर्ने हिम्मत बढेको छ ।

© Copyright by The News Nepal
Designed By Appharu