राष्ट्रिय खतराको संकेत पाएपछि चीनद्वारा क्रिश्चियनहरुमाथि यो दशककै ठूलो दमन, चर्चका स्कूल बन्द

विश्वभर इसाईहरुको मूल पर्व क्रिसमस मनाईरहेको बेला चीनले भने इसाईहरुमाथि एक दशक यताकै सबैभन्दा ठूलो आक्रमण गरेको छ । आक्रमण गरी धेरै चर्चहरु बन्द समेत गराएको छ । चीनले बाहिर देखिनेगरी भन्दा पनि गुप्त रुपमा क्रिश्चियनहरुमाथि दमन गरिएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । केही समय अघि मुस्लिमहरुमाथि आक्रमण गरेको चीनको क्रिसमसको पूर्व सन्ध्यामा इसाई धर्ममाथि निशाना परेको हो । क्रिसमसको पूर्व सन्ध्यामा चेन्गदू प्रान्तमा रहेका सबै चर्चहरु बन्द गरिदिएको भारतको नवभारत टाईम्सले जनाएको छ ।

चीनका इसाई धर्मालम्बीहरुले सरकारी दमनबाट आफूहरु पछि नहट्ने बतार्इरहेका छन् । उनीहरुले सरकारले भन्यो भन्दैमा आफू धर्म नछाड्ने बताएपनि सरकारले उनीहरुबाट खतरा देखेपछि यस्तो एक्सन चालेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । उनीहरुले सरकारले आफूहरुमाथि धरपकड गरेर आफ्नो धार्मिक भावना मार्न नसक्ने बताएका छन् । यस अघि पनि धेरै मुसलमानहरुलाई हिरासतमा राखेको समाचार आईरहेको छ । न्यूयोर्क टाइम्समा छापिएको एक रिपोर्ट अनुसार गु बाओलुओ केही महिनादेखि चीनको सबैभन्दा ठूलो मानिने प्रोटेस्टेन्ट चर्चमा क्रिसमस सेलिब्रेशनको तयारीमा थिए ।

तर, डिसेम्बरको सुरुवातको एक दिन चीन सरकारले सो प्रार्थना स्थललाई बन्द गरिदिएको छ । जुन चेङ्गदूको दक्षिण पश्चिमी शहरमा अर्लि रेनको नामले समेत चिनिन्छ । चीनको यो आक्रमणलाई इसाईहरुले एक दशकको सबैभन्दा ठूलो आक्रमण भनेका छन् ।

रिपोर्टका अनुसार चिनियाँ प्रहरीले सो प्रान्तमा रहेका सबै बाइबललाई समेत जफत गरेका छन् । चर्चद्वारा चलाईएका स्कूलहरुलाई बन्द गरिएको छ भने विभिन्न स्थानमा तोडफोडका लागि उक्साएको आरोपमा अर्लि रेनका पादरीलाई समेत हिरासतमा राखिएको छ । ती पादरीलाई ५ वर्षसम्म जेल सजाय हुनसक्ने बताईएको छ ।

क्रिसमसको पूर्व सन्ध्यामा ३१ वर्षीय गु जो चामल बेच्ने काम गर्दछन् । उनी आफ्नो साथीसँग प्रार्थना गर्नको लागि साथीको घरमा गएका छन् । उनीसँगै अर्लिरेनको आधा दर्जन मानिसहरुले त्यही साथीको घरमा गएर प्रार्थना गरे । गुले गिरफ्तार हुने डर हुँदा हुँदै पनि इन्क्रिप्टेड च्याट ऐप्लिकेशनको प्रयोग गरेर प्रहरी शोषणबारे जानकारी दिएको टाइम्सले जनाएको छ ।

रिपोर्टमा भनिएको छ कि जहाँ दुनिया भरको करोडौं इसाई क्रिसमस मनाईरहेको बेलामा गरिएको यो आक्रमण चीनले आफूमाथि आईपर्न सक्ने संकट दूर गर्नको लागि गरिएको हो । चिनियाँ राष्ट्रपति शी चिनफिङ्ग यो कुरामा चिन्तित छन् कि नास्तिक कम्युनिष्ट सत्ताधारीका लागि क्रिश्चियन धर्मालम्बीहरुद्वारा संकट पैदा हुनसक्छ । चिनियाँ कम्पुनिष्ट पार्टीले पनि इसाईहरुलाई पार्टीको नियन्त्रणमा लिन माग गरेको थियो ।  चीनको सरकारले यही वर्ष नै बाइबलको अनलाइन बिक्रीमाथि प्रतिबन्ध लगाएको थियो । यो काम पनि इसाईहरुलाई राज्यको नियन्त्रणमा ल्याउने प्रयास स्वरुप नै भएको बताईएको छ । पार्टीको विश्लेषण अनुसार इसाई धर्म चीनमा तीब्र रुपमा चलिरहेको छ । जुन धर्मले पश्चिमी संस्कृतिलाई बढावा दिन्छ ।

हाम्राकुराबाट

© Copyright by The News Nepal
Designed By Appharu