मुख्यमन्त्रीलाई सपथपत्र लाग्यो ‘कालो अक्षर भैंसी बराबर’, सपथ लिँदा सपथपत्र पढ्न जानेनन् !

काठमाडौं । नेपालमा राजनीति गर्नको लागि कुनैं योग्यता तोकिएको छैंन । सामान्तया नेताहरुले प्रमाणपत्रको लागि नभई अध्यनको लागि मात्रैं भए पनि पढ्नु राम्रो हुन्छ । अनपढ नेताहरु भएको देश नेपाल मात्रैं होईन यहाँ भन्दा भारतमा झन बेहाल अवस्था रहेको छ । भारतको छत्तीसगढ राज्यमा भूपेश बघेलको नेतृत्वमा सरकार गठन भएको छ । हालै सम्पन्न विधानसभा निर्वाचनमा कांग्रेसले जित हासिल गरेपछि बघेललाई मुख्यमन्त्रीको जिम्मेवारी दिइएको हो । बघेलले मंगलबार मन्त्रिमण्डल गठन गरे । ९ सदस्यीय मन्त्रिमण्डलले मंगलबार सपथ लिएको छ ।

सपथग्रहण समारोहमा कवासी लखमाको नाम लिएर सपथका लागि जब मञ्चमा बोलाइयो, एउटा निरन्तरताको क्रमभंग भयो । भारतमा केन्द्रीय मन्त्रीको हकमा राष्ट्रपतिले र राज्यको मन्त्रीका हकमा राज्यपालले सपथको सुरुवाती शब्द पढेपछि बाँकी अंश सम्बन्धित मन्त्री आफैंले सपथपत्र पढेर पुरा गर्नुपर्ने परम्परा छ । तर, लखमा अशिक्षित भएका कारण उनले सपथपत्र पढ्न सकेनन् । भारतीय संचारमाध्यमका अनुसार बघेल सरकारमा लखमा एकमात्र यस्ता मन्त्री हुन्, जसले अक्षर नै चिन्दैनन् । पिछडिएको समुदायका उनले औपचारिक शिक्षा लिएका छैनन् ।

किसान परिवारका सदस्य उनी छत्तीसगढ राज्य गठन भएयता लगातार चुनाव जित्दै आएका छन् ।राज्यपाल आनन्दी बेन पटेलले सपथका एक–एक शब्द आफैंले पढेर लखमालाई दोहोर्‍याउन लगाउँदै सपथ दिलाएकी थिइन् । यस क्रममा पनि लखमाले केही शब्द राम्ररी उच्चारण गर्न जानेनन् । एजेन्सी

© Copyright by The News Nepal
Designed By Appharu