स्मार्टफोन कम्पनी जियोनी टाट पल्टियो, ३३ हजार करोड ऋण तिर्नै बाँकी

चीनको स्मार्टफोन कम्पनी जियोनी आफैंले आफू टाट पल्टिएको घोषणा गरेको छ । कपनीले बिहीबार चीनको शेनझेन अदालतमा आफू टाट पल्टिएको भन्दै टाट पल्टिएका कम्पनीसँग गरिने कानुनी कारवाही अगाडि बढाउन निवेदन दिएको छ ।

कम्पनीमाथि ६ स य ४८ ऋणदाताको झण्डै ३३ हजार करोड नेपाली रुपैयाँ बराबरको ऋणको भारी बाँकी नै छ । जियोनीका संस्थापक अध्यक्ष लियु लिरोनले १६ हजार करोड नेपाली रुपैयाँबराबरको रकम जुवामा हारेका थिए । गएको महिना उनी आफैंले यो कुरा स्वीकार गरेका थिए ।

मिडिया रिपोर्टका अनुसार लिरोनले भनेका थिए कि २०१३ देखि २०१५ को बीचमा कम्पनीलाई हरेक महिना १६० करोड नेपाली रुपैयाँ घाटा भएको थियो ।

पछिल्लो २ वर्षमा यो घाटा बढेर दोब्बर भएको थियो । जियोनीले विगत केही महिनादेखि आफ्ना सप्लायरलाई भुक्तानी दिन सकिरहेको थिएन जसका कारण सप्लायर कम्पनीहरु जियोनीमाथि टाट पल्टेको प्रक्रिया सुरु गर्न दबाब दिइरहेका थिए । २००२ सालमा जि योनी कम्पनी सुरु भएको थियो ।

नेपाली बजारमा यसले २०१२ मा प्रवेश गरेको थियो । विगत केही वर्षसम्म यो कम्पनी चीन, भारत र नेपालमा प्रमुख स्मार्टफोन ब्राण्डमा पथ्र्यो । २०१६ मा मात्र कम्पनीले चीन र भारतमा गरी ४ करोड फोन बेचेको थियो । गत वर्ष चीनमा स्मार्टफोन बिक्रीको अनुपातमा जियोनी छैटौं नम्बरमा थियो ।

© Copyright by The News Nepal
Designed By Appharu