सय भन्दा बढी युवतीको फेक फेसबुक आइडी बनाई नक्कली शरीर जोडेर अश्लील तस्वीर पोष्ट गर्दै चरित्र हत्या !

दोलखा । विश्वभर एकै छिनमा सन्देश पठाउन सबैभन्दा प्रभावकारी मानिएको सामाजिक सञ्जाल फेसबुकको नेपालमा नियमक निकाय नहुँदा यसको सदुपयोग भन्दा दुरुपयोग बढी हुने गरेको छ । कतिपयले फेसबुकको दुरुपयोग गरी कसैको जिन्दगीसँग खेलवाड गरिरहेका छन् ।

दोलखाका एक सय बढी युवतीहरुलाई उनीहरुकै नाम गरेको नक्कली फेसबुक एकाउन्टबाट वास्तविक तस्वीरमा नक्कली शरीर जोडेर अश्लील तस्वीर पोष्ट गरिदिने, परिवार आफन्तलाई पठाइदिने र निरन्तर ब्ल्याकमेल गरि रहेका छ ।
अध्ययन, रोजगारी अन्य कामका लागि काठमाडौंमा बसेका उनीहरुको नक्कली फेसबुक एकाउन्टबाट गाँउमा रहेको परिवारलाई समेत यस्तै धम्की र तस्वीर पठाइरहेका छन् । जसका कारण परिवारले उनीहरुलाई शंका गर्दा झन मानिसक तनाव थपिएको छ।यस विषयमा उजुरी गर्न उनीहरु केन्द्रीय अनुशन्धान व्युरो सिआइबी, प्रहरी परिसर काठमाडांै नधाएका पनि होइनन्, तर न नक्कली एकाउन्ट सञ्चालक पक्राउ पर्छ न उनीहरुमाथिको आक्रमण रोकिन्छ ।

नक्कली फेसबुक बनाई अश्लील तस्वीरहरु हाल्ने ती व्यक्तिले अहिले आँफू विदेशमा रहेको बताउछन । आफु बिदेशी रहेको कारण प्रहरीमा उजुरी गरेर पनि केही गर्न नसक्ने भन्दै झनै तनाव दिइरहेका छन् । यही कारण गाँउमा धरैको परिवार छुट्टिने अवस्थामा पुगेका छन् ।सामाजिक सञ्जाल नियमन गर्न सक्ने आवश्यक कानुन तथा स्रोत साधनको अभावका कारण सामाजिक सञ्जालबाट हुने अपराधका घटना रोक्न अफ्ठ्यारो छ ।

यस बाहेक नेपालबाटै अर्बाैको विज्ञापन उठाउने सामाजिक सञ्जाल फेसबुकले आफ्नो सम्पर्क कार्यालय कार्यालय नराख्ने प्रहरीको पत्र पाएपनि पर्याप्त जानकारी नदिने गर्दा सामाजिक सञ्जालको दुरु पयोग गर्नेहरु बच्दै आएका छन् ।

© Copyright by The News Nepal
Designed By Appharu