इमान्दार अर्यालले दिए बाटोमा भेटिएको १० तोला सुन

भरतपुर १० निवासी राजेन्द्र अर्यालले बाटोमा भेटाएको १० तोला सुनका गरगहना सहित आईफोन फिर्ता गर्नुभएको छ ।

अर्यालले कालिका एफ.एममा आएर गैडाकोट नगरपालिका दुई की सुजता कंडेललाई १० तोला सुनका गरगहना सहित आईफोन भएको झोला फिर्ता गर्नुभएको हो ।

चनौली बजारबाट नारायणगढ तर्फ आउँदै गर्दा अर्यालले आज(शुक्रवार) दिउँसो पश्चिम चितवनको चनौली र भिमनगरको बिचमा सुनका गरहना सहित आईफोन रहेको झोला भेट्टाउनुभएको थियो ।

झोलामा ४ तोलाको रानीहार, ४ तोलाको बाला, आधा तोलाका तिलहरी, जन्तर, नौ गेडी सहितको लकेट, नथिया र आईफोन सहित मुटुको औषधि रहेको थियो ।

भेट्टाएको गहना धनीलाई फिर्ता गर्न पाएकोमा आफूलाई खुसी लागेको अर्यालले बताउनुभयो । दिव्यनगर दिदिको छोराको बिहेमा गएर घर फर्कने क्रममा कंडेलले भिमनगरमा झोला खसाल्नुभएको थियो ।

हराएको सामन पाएपछि खुसि देखिनुभएकी कंडेलले सामान दिने अर्याललाई धन्यबाद दिनुभयो ।
-कालिका एफएम बाट

© Copyright by The News Nepal
Designed By Appharu