यसकारण हुन्छ बच्चालाई ‘टेन्सन’

काठमाडौँ ।घरका जेठो-पाको व्यक्तिहरु भन्छन्, ‘मलाई धेरै टेन्सन छ ।’ उनीहरुको टेन्सन घरपरिवार, बालबच्चाको पढाई, करियर, पैसा आदिसँग जोडिन्छ । कतिलाई रोगले टेन्सन दिन्छ, कतिलाई कामको चापले । अहिले टेन्सन नभएको व्यक्ति सायदै होलान् । त्यसैले त बजारमा ‘तनाव व्यवस्थापन’को सूत्र गजव बिक्न थालेका छन् ।

योग गरेर हुन्छ वा प्रवचन सुनेर, तनाव भगाउने यत्नमा जुटेका छन् धेरैजना । तनाव एक मानसिक समस्या हो । तनाव आफै पैदा हुँदैन । जब यसलाई ग्रहण गरिन्छ, तब यसको असर देखापर्छ ।

तनावकै अवस्था हो चिन्ता, पीडावोध । जब तनाव लम्बिदै र हुर्कदै जान्छ, यसले डिप्रेसनको रुप लिन्छ । डिप्रेसनको अवस्था आफैमा गंभिर हो । यसले सम्बन्धित व्यक्तिको दिनचर्या नै अस्तव्यस्त बनाइदिन्छ ।

हामी ठान्छौं, टेन्सन ठूला वा जान्नेबुझ्नेलाई मात्र हुन्छ । तर, सत्य फरक छ । अहिले थुप्रै बच्चाको टाउको तनावग्रस्त छ । धेरै तनावको भारी बोकेरै बाल्यकाल गुजारिरहेका छन् । उनीहरुमध्ये कतिपय डिप्रेसनको चरणमा पुगिसकेका छन् । पछिल्लो समय किशोरावस्थाको आत्महत्यालाई मिहिन ढंगले नियाल्ने हो भने पनि नतिजा त्यही देखिन्छ, उनीहरु डिप्रेसनबाट गुज्रिरहेका थिए ।

तनावग्रस्त बालबच्चा

तनाव कसैलाई हुँदैन रु जसलाई पनि हुन्छ । कसैलाई कामको तनाव त कसैलाई घरपरिवारको । तर हामी तनाव लिने क्रममा यो विर्सन्छौ की हामीलाई भन्दा बढी तनाव बालबालिकालाई हुने गर्छ ।

विशेषगरी, स्कुल जाने उमेरका बालबालिका झनै धेरै तनावमा रहने गर्छन् । तर ‘तनाव भनेको ठूलोलाई पो हुन्छ । बालबालिकालाई पनि कतै तनाव हुन्छ रु’ भन्ने आम धारणाका कारण हामी बालबालिकालाई हुने तनाव महसुस नै गर्न सक्दैनौ ।

र, जब परिस्थिति असामान्य बन्न थाल्छ तब मात्र हामी उनीहरुको समस्यालाई लिएर चिन्नित हुने गर्छौ । आत्मबोध गर्न थाल्छौ । तर, त्यतिबेलासम्म ढिलो भैसकेको हुन्छ । किनकी बालबालिकामा तनवको समयमै उपचार नगरे यसले उनीहरुको जीवनमा नकारात्मक तथा गहिरो प्रभाव पार्न सक्छ ।

यस्ता तनाव बालबालिकामा शारीरिक एवं भावात्मक संकेत तथा लक्षणका साथ उपस्थित हुने गर्छ । र, सामान्य सावधानी अपनाएर तथा उनीहरुको तनावको कारण पत्ता लगाएर पनि बालबालिकामा हुने तनावलाई कम गर्न सकिन्छ ।

अब धेरैको मनमा एउटा प्रश्न उठ्न सक्छ कि बालबालिकामा तनाव हुनु त राम्रो हो । हो, बालबालिकामा कम मात्रामा तनाव हुनु राम्रो हो । यसले उनीहरुको जीवनमा राम्रो परिणाम दिन्छ । तर अत्याधिक तनावले बच्चामा सोच्ने, कार्य गर्ने र अवस्थालाई मनन गर्ने तरीकालाई प्रभावित पार्ने गर्छ ।

त्यसो त बालबालिकामा चोटपटक, रोग तथा स्वास्थ्य सम्बन्धि अन्य समस्याले पनि तनाव निम्त्याउन सक्छ । त्यसबाहेक, अन्य, कारणले पनि बच्चामा तनाव हुनसक्छ ।

-स्कुलको कार्य, ग्रेडबारे चिन्ता

-कामको जिम्मेवारी

-साथीभाई बीचको प्रतिस्पर्धा

-कुनै कुरालाई लिएर साथीभाईको दवाव

-स्कुलको माहोल बदलिनु, नयाँ स्कुल , घर परिवर्तन तथा घर नहुनुको पिडा

-नकारात्मक विचारको प्रवाह

-शारीरिक परिवर्तन

(मातापिताको सम्बन्धमा परेको असर

-असुरक्षा

बच्चामा तनावको संकेत

बच्चाहरु आफूलाई तनाव भएको थाहा पाउँदैनन् । तर उनीहरुमा आएको परिवर्तन तथा लक्षणका आधारमा मातापिताले उनीहरुमा तनावको लक्षण देख्न सक्छन् ।

शारीरीक लक्षण

-भोकको कमी, खानपानमा आउने परिवर्तन

-टाउको दुखाई

-ओछ्यानमा पिसाब फेर्ने

-सपनामा तर्सिने

-अनिद्रा

-अस्पष्ट पेटको समस्या

-अन्य शारीरीक लक्षण

भावना वा व्यवहार सम्बन्धि अन्य लक्षण

-डर, चिन्ता

– भय

-क्रोध

-आक्रामक शैली, जिद्धी व्यवहार

-आत्तिने, तर्सिने, अध्यारोसित डराउने

-छटपटी हुने, आराम गर्नमा समस्या

-परिवार वा स्कुलको गतिविधिमा भाग लिन नचाहने

परिवारका सदस्यले कसरी गर्ने मद्दत ?

मातापिता आफ्ना बच्चालाई स्वस्थ तरीकाले तनाव कम गर्न मद्दत गर्न सक्दछन् । त्यसबाहेक, उनीहरुलाई सुरक्षित महसुस गराएर, तनाव कम गर्न सिकाएर, बच्चासित समय व्यतित गरेर पनि यो समस्याबाट उनीहरुलाई बाहिर निकाल्न सकिन्छ ।

त्यसबाहेक, निम्न उपाय अपनाएर पनि बच्चाको तनाव कम गर्न सकिन्छ ।

-सुरक्षित महसुस गराउने

-पारिवारिक माहोलमा बच्चालाई रम्न सिकाउने ।

-बच्चाको लागि रोल मोडल बन्ने । उनीहरुसित स्वस्थ व्यवहार गर्ने ।

-बच्चाले के कस्ता कार्यक्रम हेर्छन् त्यसको निगरानी गर्ने । किनकी हिंस्रक कार्यक्रम ताथ गेम शो ले पनि बालबालिकामा डर र चिन्ता पैदा गर्न सक्दछ ।

-बच्चालाई घर परिवर्तन वा जागिर परिवर्तनबारे सुचित गर्ने ।

-बच्चासित क्वालिटी समय व्यतित गर्ने ।

-उनीहरुको कुरा सुन्ने । उनीहरुको समस्या समाधान गर्ने प्रयास गर्ने ।

-उनीहरुमा आत्मबल बढाउने । उनीहरुलाई प्रोत्साहित गर्ने । माया गर्ने ।

-उनीहरुमा तनावको कारण बुझ्ने प्रयास गर्ने ।

-तनाव नियन्त्रण गर्न सिकाउने ।

© Copyright by The News Nepal
Designed By Appharu