मेक्सिकोका नयाँ राष्ट्रपति सर्वसाधारणसँगै यात्रामा ,सरकारी सुविधाका जहाज बेच्दै

मेक्सिकाेमा नयाँ निर्वाचित भएर अाएका राष्टपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोर भने वर्षाैँदेखि राष्ट्रपतिहरुले चढ्दै आएको हवाइजहाज बेच्न लागेका छन् ।

उनले सरकारी सुविधाका नाममा रहेका ती महंगा जहाज बेचेर अाफू व्यापारिक क्लासका उडानमा अाम यात्रुसँगै यात्रा गर्ने घोषणा गरेका हुन् ।

बेराेजगारी र गरिबीले थलिएकाे दक्षिण अमेरिकी देश मेक्सिकोका नयाँ राष्ट्रपतिले अाफू नागरिकभन्दा माथि नरहेकाे बताएका छन् ।

राष्ट्रपतिकाे शपथ लिएर पदभार ग्रहण गरेका उनले भनेका थिए- ‘म विगतका राष्ट्रपतिहरुले प्रयाेग गर्दै अाएका सुविधाका जहाज चढ्ने मनसायमा छैन । त्यो जहाज चढ्नु मेरा लागि अप्ठेरो कुराे हाे । अाम जनता गरिबीकाे मारमा रहेकाे देशमा यदि म मात्र त्यस्तो सुविधासम्पन्न जहाजमा उडें भने मेरो अनुहारमा लाजले छाेप्नेछ ।’

आइतबार राष्ट्रपतिको सपथ लिएपछि राष्ट्रपति ओब्राडोर मेक्सिको सिटी इन्टरनेसनल विमानस्थलमा देखिएका थिए ।

भेराक्रुज जान हिँडेका उनी अरू यात्रुजस्तै गरी पब्लिक जहाजमा चढेर अाम यात्रुसँगै झ्लालपट्टिको सिटमा बसेर गफिँदै मज्जाले यात्रा गरिरहेका भिडियाेहरु सामाजिक सञ्जाल विभिन्न मिडियामा अाएका छन् ।

६ वर्षअघि सन् २०१२ मा झन्डै २३ अर्ब रूपैयाँ बराबरकाे लागतमा राष्ट्रपतिकाे सुविधाका लागि भनेर किनिएको बोइङ ७८७-८ ड्रिमलाइनर जहाज उनले बेच्ने बताइसकेका छन् । साे प्रक्रिया पनि सु्रु भइसकेकाे छ ।

राष्ट्रपति ओब्राडोरले अाफ्नाे जहाजसँगै संघीय सरकारका नाममा रहेका करिब ६० जहाज र ७० वटा हेलिकप्टर पनि बेच्न लागिएको जनाइएकाे छ । भ्रष्टाचार विरूद्ध लड्ने नाराबाट लाेकप्रिय बनेका ओब्राडोर गत जुलाईमा भएको राष्ट्रपतीय चुनावमा भारी मतले विजयी भएका थिए । अाेब्राडाेर वामपन्थी धारका नेता हुन् । उनी पहिलाे मेक्सिकन वामपन्थी राष्ट्रपति बनेका हुन् ।

© Copyright by The News Nepal
Designed By Appharu