निर्मला हत्या प्रकरण : पक्राउ परेका रावलको बयान पुनः शुरु

काठमाडौं । कञ्चनपुरकी बालिका निर्मला पन्तको हत्या आशंकामा पक्राउ परेका युवक प्रदीप रावलको सिआइवीले पुनः बयान लिएको छ।

निर्मला हत्या भएको लामो समय भइसक्दा पनि ठोस परिणाम ननिस्किंदा चौतर्फी बिरोध भइरहेको र धेरै लामो अनुसन्धानबाट पनि तथ्य बाहिर अाउन नसक्दा प्रहरी प्रशासनलाई चर्को दवाव परेको छ ।

रावलको बयान लिने क्रममा आइजीपी स्वयं उपस्थित थिए र गएराती २ बजेसम्म अनुसन्धान गरि रोकिएको बयान आज बिहानबाट पुनः शुरु गरिएको प्रहरीले बताएको छ ।

निर्मला हत्या प्रकरणमा पछिल्लो समय पक्राउ परेका ४मध्ये ३ जनालाई बयान लिएर छाडिसकिएको छ । बुधबार हत्या आशंकामा एकजनालार्इ काठमाडौँबाट र ३ जनालार्इ कञ्चनपुरबाट प्रहरीले पक्राउ गरेको थियो ।

काठमाडौंबाट पक्राउ परेका प्रदीप रावलको बयान र प्राविधिक जाँच भइरहेको जनाइएको छ । डिएनए जाँचका लागि रावलको नमूना संकलन गरि निर्मलाको भेजिनल स्वाबसँग म्याच गराउन लगिएको छ । रावलको डिएनए परीक्षणको रिपार्ट भने आइसकेको छैन।

गृहकार्य गर्न भनी गत साउन १० गत्ते साथीको घरमा गएकी निर्मलाको साउन ११ गते बलात्कारपछि हत्या गरी शब उखुबारीमा फालिएको अवस्थामा भेटिएको थियो ।

© Copyright by The News Nepal
Designed By Appharu