जाडोमा ओठ फुटेर हैरान हुनुहुन्छ ? त्यसोभए अपनाउनुहोस यि कुराहरु

काठमाडौँ – अब जाडोको मौसम सुरु हुदै छ । यस जाडोको मौसमले बिभिन्न समस्या मध्य ओठ फुट्ने समस्या पनि हुने गर्छ ।यस बेलामा ओठको स्याहार हामिले गरिएन भने यसले धेरै समस्या निम्त्याउछ ।

ओठ फुटेमा दुखाइ हुनुका साथै अनुहारलाई पनि कुरुप बनाउछ । त्यस्तै आठ फुटेमा तातो कुरा खान पनि मिल्दैन । जसले पीडा दिन्छ ।त्यसैले ओठको विशेष हेरचाह गर्नुपर्छ ।यसबेला चिसोमा बाहिर निस्कँदा घिउ वा मह लगाएर हिँड्दा ओठ फुट्दैन ।

जाडोमा दैनिक बदाम र सुन्तलाको सेवन गर्दा पनि यसबाट बच्न सकिन्छ ।बाहिरी वातावरणमा जाँदा लिपगार्ड, लिपिस्टिक लगाउँदा पनि ओठ फुट्नबाट बच्न सकिन्छ ।

त्यस्तै विभिन्न खाले घरेलु उपाय अपनाउँदा पनि ओठ फुट्ने समस्या देखिएमा छाला चिकित्सक कहाँ गएर जाच गराउनुपर्छ ।ओठ वेलावेलामा चुस्ने वा चाट्ने बानी गर्नुहुदैन । यसले ओठ नरम हुने भएकाले बाहिरको चिसो हावाले चाँडो असर पुर्याउँछ ।

© Copyright by The News Nepal
Designed By Appharu