कथाले मागेपछि, दिनै पर्यो हेर्नुहोस् भिडियो सहित

काठमाडौं । नेपाली फिल्ममा एउटा शब्दावली निकै प्रयोग हुन्छ। शब्दावली हो कथाले मागेपछि। यो शब्दावली तब प्रयोगमा जब उच्छृङ्खल दृश्यको प्रसङ्ग आउँछ । अभिनेत्रीहरू यो शब्दावली रक्षात्मक हिसाबले बोल्ने गर्छन्।

खासगरि उदाङ्गो पहिरन जसलाई चलनचल्तीमा ग्ल्यामर पनि भनिन्छ त्यस्तो दृष्यलाई तिनीहरु कथाले मागेको बताउने गर्छन्। साथै कुनै अन्तरङ्ग पल, चुम्बन आदिको दृश्य ग्ल्यामर भन्दा पनि भद्दा भयो त्यस्तो अवस्था यो रक्षात्मक शब्दावली प्रयोग गर्नपर्ने हुन्छ।

किनभने यस्ता दृष्यपछि उनीहरुलाई सोधिन्छ किन यस्तो ग्ल्यामर दृश्य दिनुभयो। जवाफमा उनीहरु उही रेडिमेड शब्द बोल्छन् – कथाले मागेर। पूरा जानकारी कान्तिपुर टिभीको भिडियो रिपोर्टमा:

 

© Copyright by The News Nepal
Designed By Appharu