यी हुन् विश्वमा अत्याधिक बलात्कार हुने देशहरु, अष्ट्रेलिया कतिऔ स्थानमा

पछिल्लो समय बलात्कारका घटनाहरुले नेपाली समाजमा महिलाहरुको सुरक्षामा प्रश्न खडा भएको छ । दैनिक समाचारमा आउने बलात्कारका घटनाहरुले समाजमा एकखाले भयावह अवस्था सिर्जना समेत गरेको छ ।

विश्वमा केही यस्ता देशहरु रहेका छन् जहाँ बलात्कारका घटनाहरु लाखौको संख्यामा हुने गरेका छन् । यही विषयलाई आधार मानेर बिगवायरले एउटा सर्वे रिपोर्ट सार्वजनिक गरेको छ । आउनुहोस् हेरौ विश्वमा अत्याधिक बलात्कार हुने देशहरुको सुची हेरौ

१. दक्षिण अफ्रिका

एक रिपोर्टका अनुसार प्रत्येक वर्ष दक्षिण अफ्रिकामा ५ लाखको हाराहारीमा बलात्कारका घटनाहरु हुने गरेका छन् । रिपोर्टका अनुसार ४० प्रतिशत महिला उनीहरुको जीवनकालमा एकपटक बलात्कृत हुने गरेका छन् ।

प्रत्येक ९ जनामा एक जना बलात्कृत हुने साउथ अफ्रिकन मेडिकल रिसर्च काउन्सिलको अध्ययनले देखाएको छ । दक्षिण अफ्रिका प्रहरीका अनुसार ४१ प्रतिशत बलात्कार घटनामा बालबालिकाहरु पीडित रहेका छन् भने ११ प्रतिशत ११ वर्ष मुनिका पीडित रहेका छन् ।

एक अध्ययनका अनुसार ५० प्रतिशत बालबालिका १८ वर्ष पुवर्त नै यौन शोषणको शिकार हुने गरेका छन् ।

२. स्वीडेन

स्वीडेनमा प्रत्येक चार जना महिलामा एक जना बलात्कारको शिकार हुने गरेको अध्ययनले देखाएको छ । सन् २०१३ को रिपोर्ट अनुसार प्रत्येक १ लाखमा ६३ जना महिला बलात्कार हुने गरेको थियो ।

३. अमेरिका

अध्ययनका अनुसार १९.३ प्रतिशत महिला र २ प्रतिशत पुरुष अमेरिकामा बलात्कृत हुँदै आइरहेका छन् ।

यएसए टुडेले सार्वजनिक गरेको रिपोर्टमा ७९ प्रतिशत बलात्कारका पीडितहरुको उमेर २५ वर्षभन्दा कम उमेरकाको रहेको छ । त्यस्तै ४० प्रतिशत पीडितहरु १८ वर्ष मुनिका रहेका छन् । रेप, एबुज एण्ड इनसेस्ट नेशनल नेटर्वकका अनुसार प्रत्येक १०७ सेकेण्डमा प्रत्येक एक जना यौन शोषणको शिकार हुने गरेका छन् ।

४. युके

एक अध्ययनका अनुसार महिला पुरुष दुवैलाई समावेश गरेर हेर्दा युकेमा ८५ हजार बलात्कारको शिकार भएको देखाएको छ ।

अर्को अध्ययनका अनुसार युकेमा १६ वर्ष कटेपछि प्रत्येक पाँच जना महिलामध्ये एकजना यौन शोषणको शिकार हुने गरेको छ ।

५. भारत

एक अध्ययनका अनुसार प्रत्येक दिन ९३ जना महिलाहरु बलात्कार हुने गरेका छन् । प्रत्येक २० मिनेटमा एक महिला बलात्कार हुने नेशनल क्राइम रेकर्ड बिउरोले रिपोर्ट सार्वजनिक गरेको थियो ।

सन् २०१० यता भारतमा बलात्कारका घटना ७.५ प्रतिशतले बढेको अध्ययनले देखाएको छ ।

६. न्युजील्याण्ड

एक अध्ययनका अनुसार प्रत्येक दुई घण्टामा यौन शोषणको घटना हुने गरेको छ । १६ वर्ष लाग्नुपुर्व प्रत्येक तीन जनामा एक जना एक युवती र प्रत्येक ६ जनामा एक जना केटा यौन शोषणको शिकार हुने गरेका छन् ।

७. क्यानडामा

क्यानडामा प्रत्येक वर्ष चार लाख ६० जार यौन शोषणका घटनाहरु हुने गरेको हफपोस्टले जनाएको छ ।

उक्त घटनामा ८३ प्रतिशत ‘डिसेबल महिला’हरु पीडित रहेका छन् । प्रहरीको रिपोर्ट अनुसार १७ प्रतिशत त १६ वर्ष मुनीका बालबालिकाहरु रहेका छन् ।

८. अष्ट्रेलिया

एक अध्ययनका अनुसार अष्ट्रेलियामा प्रत्येक वर्ष एक लाख भन्दा बढी बलात्कारका घटनाहरु हुने गरेहको छ । अष्ट्रेलियन फेडरल प्रहरीका अनुसार ५१, २०० अष्ट्रेलियन १८ वर्षका र सोभन्दा माथि यौन शोषणको शिकार हुने गरेका छन् ।

९. जिम्बाबे

एक अध्ययनका अनुसार जिम्बाबेमा प्रत्येक ९०मिनेटमा एक महिला बलात्कृत हुने गर्छन् । प्रत्येक दिन १६ जना महिला बलात्कार हुने गरेको अध्ययनले देखाएको छ ।

१०. युरोप

युरोपियन युनियन एजेन्सीले देखाएको एक रिपोर्ट अनुसार प्रत्येक तीन महिलामध्ये एक जना यौन शोषणको शिकार हुने गर्छन् । त्यसबाहेक पाँच प्रतिशत बलात्कार हुने गरेको छ । एक सर्वेका अनुसार फिनल्याण्डमा ४७ प्रतिशत महिला र डेनमार्कमा ५२ प्रतिशतहरु यौन शोषणको शिकार हुने गर्छन् ।

© Copyright by The News Nepal
Designed By Appharu