जाडाेमा छिट्टाे हुन्छ निमाेनिया , कसरी बच्ने ? यि हुन उपाय

जाडो समय बढे सँगै निमोनियाका बिरामीहरुको संख्या पनि बढ्ने गर्छ । निमोनियाको समयमा उपचार हुन नसक्दा धेरै मानिसको ज्यान पनि जाने गर्छ ।

निमोनिया भन्नाले फोक्शोमा हुने संक्रमणलाई बुजिन्छ । चिसोले यो समस्यालाई बढी सताउने गर्छ । यस समस्याले सताएपछि केहि नसोची यसलाई कसरी रोकथाम गर्न सकिन्छ भन्ने कुरा तिर लाग्नुपर्छ । जतिसक्दो समयमा नै उपचार गर्नुपर्छ ।

यस समस्याका रोकथामका उपायहरु यस्ता छन् :

१) धुवाँ–धुलोबाट बच्ने ।

२) रुघाखोकी लागेका मान्छेको सम्पर्कमा नजाने ।

३) बच्चालाई निमोनियाको खोप दिने, कुपोषण हुन नदिने ।

४) चिसोबाट जोगाउने, वृद्धलाई सामान्य इन्फेक्सन छ भने वेलैमा उपचार गराउने ।

५) रोगप्रतिरोधी क्षमता कम भएकालाई पनि वेलैमा जाँच गराउने, लामो समय रुघाखोकी निको नभए रगत जाँच गराउने ।

६) चुरोट, बिँडी नखाने, खाने गरेको छ भने बन्द गर्ने ।

७) निमोनियाको औषधि चिकित्सकले दिएको समय अवधिभर नछोडी सेवन गर्नुपर्छ ।

© Copyright by The News Nepal
Designed By Appharu