खतरामा पृथ्वी: जलवायु सम्मेलन पोल्यान्डमा सुरु, होला सार्थक पहल ?

काठमाडौ । राष्ट्रसंघीय जलवायु सम्मेलन आजदेखि पोल्यान्डमा सुरु भएको छ । विश्वका करिब दुई सय देशका प्रतिनिधि सहभागी रहेको सम्मेलनमा जलवायु परिवर्तनकाकारण निम्तिएको जोखिम नियन्त्रणका लागि एक भएर अघि बढ्न विश्व नेताहरूलाई आग्रह गरेका छन् ।

जलवायु समस्याबारे छलफल हुने कोप–ट्वेन्टी फोर शिखर सम्मेलनले विश्वका नेताहरूले सन् २०१५ मा भएको जलवायुसम्बन्धी पेरिस सम्झौतालाई कार्यान्वयनमा लान पहल गर्ने अपेक्षा गरिएको गरिएको छ ।

पेरिस सम्झौतामा जलवायु परिवर्तनका कारण विश्व तापमान वृद्धिमा देखिएको समस्यालाई रोक्न लागि पर्ने सन्देश प्रवाह गरेको थियो।

जलवायु परिवर्तनकाकारण वातावरणमा देखिएको तापमान वृद्धिका कारण विनाशकारी डढेलो,उष्णवायु, आँधी, तूफान र सामुद्रिक सतहको वृद्धिजस्ता समस्या देखिएका छन् ।

चौबाटोमा पृथ्वी
जलवायु परिवर्तनलाई सीमित पार्ने कार्यमा संलग्न चार वरिष्ठ अधिकारीहरूले पृथ्वी ग्रह चौबाटोमा आइपुगेको पोल्याण्ड सम्मेलनमा बताएका छन्।

एक दुर्लभ कदमको रूपमा हेरिएको उक्त घटनामा राष्ट्रसंघले प्रायोजन गरेको वार्ताटोलीका चार पूर्व प्रमुखहरूले निर्णायक कदमका लागि अपिल गरे।

सन् २०१५ मा प्यारिस सम्झौता भए यता जलवायु परिवर्तनसम्बन्धी सबभन्दा महत्त्वपूर्ण पहलको रूपमा पोल्याण्डको क्याटोभिट्समा आयोजित सम्मेलनलाई लिइएको छ।

प्यारिस सम्झौतामा तोकिएका लक्ष्य भेट्टाउने हो भने संसारले कार्बन उत्सर्जनको मात्रामा व्यापक कटौती गर्नपर्ने विज्ञहरूले औँल्याएका छन्।

के हो कोप २४
कोप ट्वेन्टी फोर नामक सो सम्मेलनका वार्ताकारहरू प्रगतिका निम्ति दबाबमा परेकाले निर्धारित समयभन्दा एक दिन अगावै सम्मेलन सुरु भयो।

कन्फरेन्स अफ द पार्टीज वा कोप भनिने यो सम्मेलन गत अक्टोबरमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघको अन्तरसरकारी प्यानेल वा आइपीसीसीले विश्वव्यापी तापमान वृद्धिलाई डेढ डिग्री सेल्सियसमा सीमित पार्नु पर्ने निचोडसहितको रिपोर्ट आएपछिको पहिलो हो।

आइपीसीसीले तापमान वृद्धिलाई डेढ डिग्री सेल्सियसमा सीमित पार्न सरकारहरूले हरित गृह ग्यास उत्सर्जनलाई सन् २०३० भित्र ४५ प्रतिशतले कटौती गर्नु पर्ने भनेको छ।

सो सम्मेलनमा २९ राष्ट्रप्रमुख तथा सरकार प्रमुखहरूले सम्बोधन गर्नेछन्। ।

© Copyright by The News Nepal
Designed By Appharu