अरुको भूमीमा यसरी जीवन आहुती दिइरहेका छन् : कोरियामा १ जना नेपालीको यसरी मृत्यु

काठमाडौ । दक्षिण कोरियामा आज एक नेपालीको काम गर्दागर्दै मेशिनमा च्यापिएर मृत्यु भएको छ ।

पाँचथरको फिदिम नगरपालिकाका राजेश तुम्बापोको मेशिनले च्यापिएर मृत्यु भएको सियोलस्थित नेपाली दूतावासका श्रम कन्सुलर दिल्लीराम बाँस्तोलाले जानकारी दिनुभयो ।

तुम्बापो दुई वर्षअघि इपिएसमार्पmत कोरियामा एक प्लास्टिक कम्पनीमा काम गर्दै आएका थिए ।

मृतकको शवपरीक्षणका लागि अस्पतालमा राखिएको छ ।

नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा विभिन्न कारणबाट मृत्यु हुने नेपालीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ ।

© Copyright by The News Nepal
Designed By Appharu