सावधान यसकारण हानिकारक छ बोत्तलको पानी !

काठमाडौ । यदि तपाई बोत्तलको पानी पिउनुहुन्छ भने यो खबरले तपाईलाई तनावमा पार्न सक्छ ।

हालै भएको एक शोधका अनुसार ९० प्रतिशत बोत्तलमा बन्द भएको पानीमा प्लास्टिकका साना टुक्राहरू फेला परेका छन् ।

न्यूयोर्क स्टेट युनिभर्सिटीका वैज्ञानिकका अनुसार अध्ययनमा संसारभरका ९ देशमा बिक्री हुने बोत्तलभित्रको पानीका ११ वटा ब्राण्ड जाँच गरिएको थियो ।

यसमा ब्राजिल, चीन, भारत, इन्डोनेसिया एवं अमेरिका समाबेश छन् । भारतका १९ भिन्न ठाँउका पानीका नमुना संकलन गरिएको थियो ।

यस रिसर्चमा जुन ब्राण्डका नमुनामा ९० प्रतिशत भन्दा धेरै प्लास्टिकको पहिचान भएको छ । त्यसमा एक्वा, एक्वाफिन, दासानी, एवियन, नेस्ले, पियोर लाइफ एवं पेलेग्रिन जस्ता प्रमुख ब्राण्ड समाबेश थिए ।

यसमध्ये एक्वा अनी एक्वाफिन भारतमा अत्यधिक बिक्ने गर्छ ।

सोधकर्ताले बताएअनुसार प्लास्टिकका जुन अवशेष पाइएका छन् त्यसमा पलीप्रोपाइलीन, नाइलन एवं पोलीइथाईलीन टेरेपथालेट समाबेश छन् ।

यी सबैको प्रयोग बोत्तलको बिर्को बनाउनमा हुन्छ ।

शोधमा यो पनि भनिएको छ की नलको पानी सबैभन्दा सुरक्षित रहेको छ । बोत्तलमा बन्द भएको पानी पिउनाले तपाईलाई कैयौँ रोग पनि लाग्न सक्छ ।

© Copyright by The News Nepal
Designed By Appharu