सावधानि अपनाउनु होस् चर्को घामले बनाउछ छालाको क्यान्सर, कसरी जोगिने त ?

काठमाडौ । हिजोभन्दा आज मौसमी तापमान बढेको छ । घाम रापिदै गएको छ । चिकित्सकहरु भन्छन्, ‘मध्यन्हको चर्को घाममा धेरै समय बस्दा छालाको क्यान्सर हुनसक्छ ।

’घामको पराबैंगनी किरणले छालामा असर गर्नसक्छ । गर्मी याममा यसको भय थप हुनेगर्छ । अर्कोतिर के पनि भनिन्छ भने, ‘शरीरका लागि घाम ताप्नु आवश्यक छ ।’ खासगरी काठमाडौंबासीमा अहिले भिटामिन डिको कमी देखिएको छ ।

मिनभवनस्थित सुस्वास्थ्य अस्पतालका प्रमूख सुदर्शन बस्नेत भन्छन्, ‘अधिकांश काठमाडौंबासीलाई भिटामिन डिको कमी छ ।’भिटामिन डिको कमीले हड्डी कमजोर हुन्छ ।

र, भिटामिन डिको राम्रो स्रोत भनेको घामको किरण नै हो । यसले प्रतिरक्षा क्षमता बढाउँछ । रक्त कोसिको गठन गर्छ । जबकी त्यही घामको सोझो प्रभावले छालामा क्यान्सर पनि निम्त्याउन सक्छ ।

घामको बिकिरण खतरनाक

बेलायतको अखबार ‘डेली मेल’ले एउटा रिपोर्ट प्रकासित गरेको छ, जसमा सूर्यको सोझो किरणको प्रभाव कति हानिकारक हुन्छ भन्ने तथ्य उल्लेख छ ।

उक्त खबर अनुसार घामको सोझो प्रभावले छालालाई रुखो र बुढो बनाउँछ । घामको किरणले हाम्रो छालालाई सामान्यभन्दा सात बर्ष बुढो बनाइदिने दावी गरिएको छ ।

साथै छालामा दाग, धब्बा आउने, चाहुरी पर्ने जस्ता समस्या पनि हुन्छ ।

केवल १५ मिनेटमा सूर्यको पराबैंगनी किरणले छालाको सौन्दर्यलाई नष्ट गर्छ । हुन त जीवनको अस्तित्वको लागि घाम नभई हुँदैन । तर, पराबैंगनी किरण भने स्वास्थ्यका लागि एकदमै हानिकारक छ । यसले छालामा क्यान्सर जस्ता रोग निम्त्याउन सक्छ ।घामको सोझो प्रभावले छाला रुखो हुने, क्यान्सर हुने वा आँखाको दृष्टि कमजोर बनाउन सक्छ ।

अब के गर्ने त ?

भिटामिन डि प्राप्त गर्नका लागि घाममा बस्नुपर्छ । तर, मध्यन्हको चर्को घाममा होइन, बिहान वा साँझको कलिलो घाममा बस्नुपर्छ ।मध्यन्ह हिँडडुल गर्दा छाता ओड्नुपर्छ । छाताले घामको सोझो किरणको असर केहि हदसम्म रोक्छ । त्यस्तै ह्याट वा क्यापले पनि सामान्य रुपमा घामको किरणको प्रभावलाई रोक्छ ।

अहिले घामको सोझो असरबाट बच्नका लागि सन प्रोटेक्सन क्रिम पनि उपलब्ध छ । यस्ता क्रिमले केहि हदसम्म छालाको सौन्दर्य जोगाउन सहयोग गर्छ ।

गर्मीको समयमा यताउता हिँडडुल गर्दा पुरा शरीर ढाक्ने कपडा लगाउनुपर्छ । साथै ह्याट वा क्याप लगाउनु राम्रो हुन्छ ।

सन ग्लास पनि निकै उपयोगी हुन्छ । यसले स्टाइलिस देखाउनका साथै आँखा तथा आसपासका छालालाई पनि बचाउँछ ।सन प्रोटेक्सन क्रिमको प्रयोग

घामको सोझो असरबाट बच्नका लागि हामी सन प्रोटेक्सन क्रिम प्रयोग गर्छौ । बजारमा अनेकथरीका सन प्रोटेक्सन क्रिम पाइन्छ ।

यस्ता क्रिम हामी जथाभावी प्रयोग गर्छौं । जबकी त्यसमा कुन तापमानमा कुन मात्राको सन प्रोटेक्सन क्रिम प्रयोग गर्ने भनेर उल्लेख गरिएको हुन्छ । सन प्रोटेक्सन फ्याक्टर(एसपिएफ)भनेर त्यसको मात्रा लेखिएको हुन्छ ।

सन प्रोटेक्सन क्रिम प्रयोग गर्ने विधी पनि थाहा हुनुपर्छ । खासगरी घरबाट निस्कनुअघि ९३० मिनेट अघि० सन प्रोटेक्सन क्रिम राम्ररी लगाउनुपर्छ ।

दिउँसोको पसिनामा यो पखालिन्छ । त्यसैले दिनमा केहि पटक यसको प्रयोग गर्नुपर्छ । साँझ घर फर्केपछि भने सफा पानीले पखाल्नुपर्छ ।

© Copyright by The News Nepal
Designed By Appharu