फ्रान्सबाट साढे १६ हजार किलोमिटरको दूरी, तर चाहिएन स्वतन्त्रता

दक्षिण पश्चिम प्रशान्त महासागरस्थित फ्रान्स नियन्त्रित द्वीप न्यु क्यालेडोनियामा भएको जनमत संग्रहको परिणामले उक्त द्वीपबासी फ्रान्सकै साथमा रहने पक्षमा देखाएको छ।

५६.४ प्रतिशत बासिन्दाले फ्रान्सकै हिस्सा बनिरहने पक्षमा मतदान गरेका छन् भने ४३.५ प्रतिशत नागरिकले फ्रान्सबाट स्वतन्त्र हुने चाहेको पक्षमा मत जाहेर गरेका छन्।

फ्रान्सकै साथमा रहने कि स्वतन्त्र हुने भन्ने विषयमा न्यु क्यालेडोनियामा आइतबार जनमत संग्रह भएको थियो । त्यहाँका नागरिकलाई फ्रान्सकै साथमा रहने कि स्वतन्त्र हुने भन्ने विषयमा मतदान गराइएको थियो ।

आधिकारिक तथ्याङ्कअनुसार जनमत संग्रहका क्रममा करिब ८० प्रतिशत जनताले मतदान गरेका थिए ।

यो क्षेत्रको राजधानी नोमेयामा पेरिसका प्रतिनिधिमण्डलको नेतृत्वमा मतदान भएको थियो । न्यु क्यालेडोनियामा निकल नामको धातु प्रचुर मात्रामा पाइन्छ ।

यो धातु विद्युतीय सामानमा प्रयोग हुन्छ । यसका साथै फ्रान्सका लागि रणनीतिक रुपमा यो क्षेत्रको आर्थिक र राजनीतिक महत्व छ।

अस्ट्रेलियाको उत्तरमा अवस्थित यो क्षेत्रमा कुल १ लाख ७५ हजार मतदाता रहेका छन् । साथै यस क्षेत्रका मुल बासिन्दा जसलाई कानक भन्ने गरिन्छ, उनीहरुको आवादी ३९.१ प्रतिशट छ । जुन फ्रान्सबाट अलग हुने माग गरिरहेका छन्।

स्वतन्त्रता पक्षधर कानक जातिले सन् १९८८ मा गरेको हिंसात्मक प्रदर्शनपछि एउटा शान्ति सम्झौता भएको थियो, जसमा यो जनमत संग्रह गर्ने सहमति गरिएको थियो ।

राजधानी नोमेयामा रहेका पत्रकार प्रियंका श्रीनिवासनले भने–स्वतन्त्रता पक्षधर धेरै छन् जसमा त्यहाँका आदिवासी छन्, जसलाई कानक जाति भनिन्छ ।

उनीहरु साँच्चिकै देश आफ्नो हातमा लिन चाहन्छन् । उनीहरु आफै शासन गर्न चाहन्छन् । उनीहरु आफ्नो मुलुकमा फ्रान्सको नियन्त्रण चाहँदैनन् । अर्कातिर फ्रान्स पक्षधर पनि छन् र उनीको चिन्ता छ कि उनीहरु आर्थिक र सुरक्षाजस्ता ठुला विषयमा चिन्तित छन् ।

फ्रान्सले १.५ अर्ब युरो हरेक वर्ष यो क्षेत्रलाई दिने गर्दछ । फ्रान्सका अनुसार पैसाबिना यो देशले कष्ट झेल्नुपर्नेछ ।

फ्रान्सबाट न्यु क्यालेडोनियाको दुरी साढे १६ हजार किलोमिटरभन्दा बढी छ । सन्८५३ मा फ्रान्सले यो द्वीपमाथि कब्जा गरेको थियो । फ्रान्सले यसलाई एउटा बन्दीगृहका रुपमा प्रयोग गरिसकेको छ।

जनमत संग्रहको सुरुवाती परिणाम आएपछि फ्रान्सका राष्ट्रपति इमैनुएल मैक्राँले यो फ्रान्सको गणतन्त्रप्रतिको विश्वास बताएका छन् ।

मेमा न्यु क्यालेडोनियाको भ्रमण गर्दै मैक्राँले भनेका थिए कि न्यु क्यालेडोनियाबिना फ्रान्स सुन्दर देखिने छैन ।

फ्रान्सको उपनिवेशमा रहेको जिबुती र भानुआतुको तुलनामा न्यु क्यालेडोनिया जनमत संग्रहको फरक परिणाम आएको छ । सन् १९७७ मा जिबुती र सन् १९८० मा भानुआतुले स्वतन्त्रताको पक्षमा मतदान गरेका थिए ।

यद्यपि यो जनमत संग्रहको परिणामपछि न्यु क्यालेडोनियामा स्वतन्त्रतासम्बन्धी चर्चा समाप्त भने हुने छैन । किनभने २०२२ अघि स्वतन्त्रासम्बन्धी अरु दुई जनमत संग्रह हुनेछ । बीबीसी हिन्दीबाट

© Copyright by The News Nepal
Designed By Appharu