आकासमा ठोक्किए दुई हवाईजहाज, भयो अहिलेसम्मकै भयानक दुर्घटना [५ तस्विर]

काठमाडौं । क्यानडाको राजधानी ओटावाको आकासमा दुईवटा हवाईजहाज ठोक्किएर दुर्घटना भएको छ ।

दुर्घटनामा एकजना पाइलटको मृत्यु भएको छ । प्रहरीका अनुसार ओटावाको करिब ३० किलोमिटर पश्चिम कार्प ओन्टारियोमा दुईवट हवाई जहाज ठोक्किएका हुन् ।

एउटा हवाई जहाज भुइँमा खसेर पाइलटको मृत्यु भए पनि अर्को हवाई जहाजलाई भने ओटावाको अन्तर्राष्ट्रिय विमानस्थलमा सफलतापूर्वक अवतरण गरेको छ ।


दुर्घटना पछि प्रहरीले राजमार्गको एक खण्डलाई बन्द गराएको थियो । पैदल यात्रुहरुलाई पनि सुरक्षित रहन भनिएको थियो ।

तर, आकासमै हवाई जहाज ठोक्किनुको कारण भने पत्ता लागेको छैन । क्यानडाका सरकारी अधिकारीहरुले दुर्घटनाको जाँच भइरहेको बताएका छन् ।

मध्य आकाशमा हवाई जहाज ठोक्किनु दुर्लभ मानिन्छ तर कहिलेकाहिँ यस्ता दुर्घटना हुन्छन् ।

 

© Copyright by The News Nepal
Designed By Appharu