२० लाख बालबालिका तथा किशोरकिशोरीमा मानसिक समस्या

नेपालको कुल जनसंख्याको करिब २० प्रतिशत र प्राथमिक स्वास्थ्य सेवा लिन आउनेको २० देखि ३० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको इपिडिमियोलोजी तथा रोगनियन्त्रण महाशाखाको तथ्यांकले देखाएको छ ।बेरोजगारी, युद्ध, घरायसी तनावलगायत कारणले युवापुस्तामा मानसिक समस्या बढ्दै गएको मानसिक रोग विशेषज्ञ डा. सरोज वझा बताउँछन् ।

नेपालमा ‘बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय मानसिक स्वास्थ्य सम्मेलन’ मनाइँदै गर्दा विश्व स्वास्थ्य संगठन र यस क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाले गरेको अध्ययनबाट लगभग २० लाख नेपाली बालबालिका तथा किशोरकिशोरी मानसिक स्वास्थ्य समस्याबाट प्रभावित रहेको तथ्य फेला परेको छ । उनीहरूमा भावनात्मक, व्यावहारिक तथा अन्य मानसिक स्वास्थ्य समस्या पाइएका छन् ।

स्वास्थ्य सेवाका आधारभूत आयामहरू, जस्तै: प्रवद्र्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक, पुनःस्थापनात्मक तथा अध्ययन–अनुसन्धान सबैमा सन्तुलित विकास गर्न सकेमा मात्र गुणस्तरीय मानसिक स्वास्थ्य सेवाको व्यावहारिक प्रत्याभूति गराउन सकिने महाशाखाका निर्देशक डा. विवेककुमार लालको भनाइ छ ।

मानसिक स्वास्थ्यलाई जनस्वास्थ्य समस्याका रूपमा प्राथमिकता दिई समुदायसम्म एकीकृत स्वास्थ्य सेवाको माध्यमबाट गुणस्तरीय मानसिक स्वास्थ्य सेवामा सबैको पहुँचलाई सुनिश्चित गराउने प्रयास गरेको निर्देशक लाल बताउँछन् ।

मानसिक स्वास्थ्य सेवा बजेट तथा कार्यक्रमको दृष्टिकोणबाट खासै प्राथमिकतामा नपरेको र त्यसमा पनि बालबालिका तथा किशोरीकिशोरीको मानसिक स्वास्थ्यबारे पर्याप्त ध्यान दिन नसकिएको उनी स्विकार्छन् ।

नेपालमा पहिलोपटक गर्न लागिएको बालबालिका तथा किशोरकिशोरीको मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनबाट हुने खोज–अनुसन्धानमा आधारित शोधपत्र प्रस्तुति तथा अनुभव आदान–प्रदानले आगामी दिनमा यो क्षेत्रमा मानसिक स्वास्थ्यका सवाललाई सम्बोधन गर्न मार्ग प्रशस्त गर्ने महाशााखाको अपेक्षा रहेको डा. लाल बताउँछन् ।

महाशाखाले मानसिक स्वास्थ्यलाई जनस्वास्थ्य समस्याका रूपमा प्राथमिकता दिई समुदायसम्म एकीकृत स्वास्थ्य सेवाको माध्यमबाट गुणस्तरीय मानसिक स्वास्थ्य सेवामा सबैको पहुँचलाई सुनिश्चित गराउने प्रयास गरेको निर्देशक लाल बताउँछन् ।

राष्ट्रिय मानसिक स्वास्थ्य नीति २०५३ ले मानसिक स्वास्थ्य समस्यालाई प्राथमिक स्वास्थ्य सेवासँग एकीकृत गरी समुदायसम्म पहुँच पु-याउने उद्देश्य राखेको थियो ।

महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा दैनिक २० देखि २५ को संख्यामा मानसिक रोगी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये युवाको संख्या १० देखि १५ भएको अस्पतालको मानसिक विभागको तथ्यांक छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार ५० प्रतिशतभन्दा बढी मानसिक स्वास्थ्यका समस्या १४ वर्षको उमेरअगाडि नै सुरु हुन्छ । काठमाडौंका विभिन्न अस्पतालको तथ्यांकले युवा मानसिक रोगीको संख्या बढ्दै गएको देखाएको छ ।

महाराजगन्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा दैनिक २० देखि २५ को संख्यामा मानसिक रोगी उपचारका लागि आउने गरेका छन् । त्यसमध्ये युवाको संख्या १० देखि १५ भएको अस्पतालको मानसिक विभागको तथ्यांक छ ।

बेरोजगारी, युद्ध, घरायसी तनावलगायत कारणले युवापुस्तामा मानसिक समस्या बढ्दै गएको मानसिक रोग विशेषज्ञ डा. सरोज वझा बताउँछन् ।

यसका अतिरिक्त जाँडरक्सी तथा चुरोटखैनीलगायतको सेवनले समेत मानसिक रोगीको संख्या बढेको ओझाको बुझाइ छ ।

मानसिक अस्पताल पाटनका निर्देशक डा. मोहनराज श्रेष्ठका अनुसार जीवनमा अभाव बढी हुनु, कुलत, बेरोजगारी, देखासिकी, निद्रा नलाग्ने समस्या हुनुलगायत कारणले किशोरावस्थामै मानसिक रोगले सिकार बनाउने गरेको छ ।

बालबालिकामा भने वंशानुगत कारणले नै मानसिक रोग लाग्ने श्रेष्ठ बताउँछन् । पारिवारिक पालनपोषणको जिम्मेवारी बढ्नु तथा आर्थिक बोझका कारण पनि युवापुस्तामा मानसिक रोग बढ्दै गएको त्रिवि शिक्षण अस्पतालका मानसिक रोग विशेषज्ञ वझा बताउँछन् ।

उनका अनुसार जनचेतना तथा सेवासुविधाको स्तर बढ्दै गए पनि मानसिक रोगी बालबालिका तथा किशोरकिशोरीमा मानसिक रोग बढ्दै गएको छ ।

© Copyright by The News Nepal
Designed By Appharu