किन लगाउँछन् जुकरबर्ग सधै एकै किसिमका कपडा ?

फेसबुकका पिता भनेर चिनिने मार्क जुकरबर्गले सधैं एउटै खालका कपडा लगाउँछन्. भन्दा सबैलाई आश्चार्य लाग्दो हो ।

तर यो सत्य हो की अबौं सम्पत्तिका बाबजुद पनि जुकरबर्गले सधैं एकै प्रकारका पोशाक लगाउँछन् ।

जुकरबर्ग जस्ता धनाढ्य व्यक्तिसँग डिजाइनर र अरु कुराको कुनै कमी हुने कुरै हुँदैन । तर जुकरबर्गलाई भने यी कुरा फाल्तु लाग्छन् । उनको भनाई छ ‘मलाई लाग्छ छ, मेरो जिन्दगीमा यस्ता स–साना कुराका लागि समय छैन ।’

एक अनुसन्धानका अनुसार ‘यदि तपाईं आफ्नो कपडा या बिहानको नास्ता जस्ता स–साना कुराका बारेमा सोच्नुहुन्छ भने तपाईंले आफ्नो उर्जा त्यसै खेर फालिरहनु हुन्छ’ जुगरबर्गको भनाई । जुकरबर्गले आफ्नो उर्जा त्यसै खेर फाल्न नचाहेको बताएका छन् । उनले भनेका छन् ‘म चाहन्छु की म हरपल समाजका लागि केही न केही नयाँ बनाइरहुँ ।’

मार्क जुकरबर्गले आफ्नो फेसबुक पेजमा एउटा फोटो सार्वजनिक गर्दै त्यसमा लेखेका थिए ‘बच्चाको हेरचाहका लागि लिइएको बिदा सकेर फर्किएको छु, कुन कपडा लगाउँदा ठीक होला ?’

सार्वजनिक गरेको यो कपडाको फोटो ४१ हजार भन्दा बढीले शेयर गरेका छन् र त्यसमा ७४ हजार भन्दा धेरैले कमेन्ट पनि गरेका छन् ।

कमेन्ट गर्ने धेरैजसोको उनको समर्थन गर्दै लेखेका छन् ‘एक अर्बपति हुँदा हुँदै पनि मार्क जुकरबर्गलाई कार र फेशनमा कुनै सोख छैन हामीलाई तपाईंप्रति गर्व छ ।’

तर केहीले भने जुकरबर्गलाई व्यंग्य गरेका छन् । जुकरबर्गले सार्वजनिक गरेको फोटोमा कपडाको थानमा उस्तै खालका दुई रंगका मात्र टिसर्ट छन् ।

© Copyright by The News Nepal
Designed By Appharu