आफ्नो पार्टनरसंग “लंगराइड” जादैहुनुहुन्छ ? “लंगराइड” जाँदा ध्यान दिनुपर्नेकुरा

बाइकमा  जाँदा ध्यान दिनुपर्ने कुरा !
पछिल्लो समय काम र यात्रालाई सहज बनाउन प्रायः अत्यधिक प्रयोग हुने सवारी हो, मोटरसाइकल । सुविधाका लागि प्रयोग गरिने मोटरसाइकल कतिले लामो यात्रामा पनि लिएर जान्छन् ।

तर, लामो समय एउटै पोजिसनमा बसेर ड्राइभ गर्दा ढाड दुख्ने, लिगामेन्ट, नसा, हात, गोडामा समस्या हुने गर्छ । त्यसैले सकेसम्म लामो यात्रा गर्दा मोटरसाइकलको प्रयोग गर्नु हुँदैन ।

कतिपयले आवश्यकताभन्दा पनि स्टाइलको रूपमा मोटरसाइकल प्रयोग गरेको पाइन्छ । जसका कारण सिटलगायतलाई परिमार्जन गरेको पाइन्छ । तर, मोटरसाइकल प्रयोग गर्दा सुविधायुक्त सिटको छनोट गर्नुपर्छ ।

शारीरिक रूपमा पोजिसन नमिलाएर सवारी हाँक्दा पनि शरीरमा समस्या उत्पन्न हुन सक्छ । यदि यस्तो कुरामा ध्यान नदिएमा युवा अवस्थामै ढाड दुख्ने समस्या हुन सक्छ।

निहुरिएर पनि मोटरसाइकल हाँक्नु हुँदैन । यसरी लामो समय ड्राइभ गर्दा मेरुदण्डमा दीर्घकालीन असर पर्न जान्छ ।

लामो समय ड्राइभिङ गर्दा बढी तनाव हुन सक्छ । यसरी लामो समय ड्राइभ गर्दा मेरुदण्डकोे जोर्नीमा अत्यधिक बल पर्न गई बिस्तारै खिइन थाल्नुका साथै मेरुदण्डको लिगामेन्ट र मासु च्यापिनेजस्ता समस्यासमेत देखिन थाल्छ ।

लामो समय मोटरसाइकल हाँक्दा गर्दन, कम्मर दुख्ने, हात झमझमाउने, एउटा हात वा खुट्टामा दुखाइ सर्नेजस्ता समस्या पनि हुन्छ ।

त्यस्तै, सकेसम्म खाल्डाखुल्डी भएको, ग्राभेल गरेको सडकमा सवारी हाँक्नु हुँदैन । यस्ता सडकमा सवारी हाँक्दा शरीरमा कम्पन पैदा हुन्छ र मेरुदण्ड र हड्डीमा असर पर्न जान्छ ।

तपाइको यस लेख प्रति कुनै प्रतिक्रिया भए कमेन्ट बक्स मा लेखिदिनुहोला । साथै यस लेख पढेर कोहि कतै लाभवान्बित हुन्छन जस्तो लाग्छ भने सेयर गर्दिन नभुल्नुहोला ।

© Copyright by The News Nepal
Designed By Appharu