यस्ता छन् विश्वकपअन्तर्गत आजका प्रतिस्पर्धा

काठमाडौ । विश्वकप फुटबल अन्तर्गत आज तीन खेल हुँदैछन् ।

विश्वकपमा आज समूह ’जी’ को एक खेल र समूह ’एच’ को दुई खेल हुँदैछ ।

आज हुने पहिलो खेलमा समूह ’जी’ बाट इंग्ल्यान्ड र पानामा खेल्दै छन् । नेपाली समय अनुसार साँझ ५ : ४५ मा इंग्ल्यान्ड र पानामा प्रतिस्पर्धा गर्न लागेका हुन् ।

आज हुने दोस्रो खेलमा समूह ’एच’ बाट जापान र सेनेगल राति ८ : ४५ मा प्रतिस्पर्धा गर्दैछन् भने समूह ’एच’ कै आज हुने दोस्रो खेलमा पोल्याण्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुनेछ । दुई टोलीबीचको खेल राति ११ : ४५ मा सुरु हुनेछ ।

© Copyright by The News Nepal
Designed By Appharu