मरिसकेको २७ वर्षीय छोराको वीर्यबाट यसरी हजुरआमा आमा बनिन्

दुई वर्षअघि क्यान्सरका कारण आफ्नो छोरा गुमाएकी एउटी आमाले आफ्नो अथक प्रयासबाट उनलाई ‘पुनर्जिवित’ गरेकी छन् ।

भारतको पुणे निवासी ४९ वर्षीया शिक्षिका राजश्री पाटिलले एउटा सरोगेट मदरको सहयोगबाट आफ्नो अविवाहित छोराको प्रथमेश जम्ल्याहा सन्तान जन्माएकी हुन् ।

यो सबै चमत्कार होइन, बरु विज्ञानको कमाल हो, जसले एउटा आमाको मलिन अनुहारलाई पुनः मुस्कुराउन सिएको छ। प्रथमेशको जम्ल्याहा सन्तानको जन्म उनको शुक्राणुको सहयोगमा भयो, जसलाई उनको मृत्युअघि नै सुरक्षित राखिएको थियो ।

पुणेको सिंघड कलेजबाट थप अध्ययनका लागि राजश्रीका छोरा प्रथमेश सन् २०१० मा जर्मनी गएका थिए । सन् २०१३ मा थाहा भयो कि उनलाई ब्रेन ट्युमर भया। जुन खतरनाक स्तरमा थियो । त्यसक्रममा उनको वीर्यलाई सुरक्षित गरिएको थियो । उक्त वीर्यलाई सरोगेसीमा प्रयोग गरियो र ३५ वर्षीया सरोगेट मदरले एउटा बालिका र एउटा बालकलाई जन्म दिइन् ।

राजश्री पाटिलले बीबीसीसँग भनिन्–मलाई मेरो प्रथमेश पुनः प्राप्त भयो । म आफ्नो छोराको निकै नजिक थिएँ । उ अध्ययनका लागि निकै तेज थियो र जर्मनीबाट इन्जिनियरिङमा मास्टर डिग्रीको पढाई गरिरहेको थियो । त्यही क्रममा यसलाई चौथो स्टेजको क्यान्सर भएको थाहा भयो । डाक्टरहरुले प्रथमेशलाई किमोथेरापीको उपचार सुरु गर्नुअघि वीर्य सुरक्षित गर्न भने ।

प्रथमेशले आफ्नी आमा र बहिनीलाई आफ्नो मृत्युपछि आफ्नो वीर्यको नमूना प्रयोग गर्नका लागि नामांकन गरेका थिए । राजशश्रीलाई त्यतिबेला यो कुराको अन्दाजा थिएन कि यसको सहयोगमा उनले ‘आफ्नो छोरा पुनः प्राप्त’ गर्न सक्ने छिन् ।

मृत छोराको संरक्षित वीर्यलाई एउटा गैर–पारिवारिक दाताको अन्डाणुमा मेल गराइयो । मेल गराएपछि एक जना निकट नातेदारको गर्भमा हालियो ।

२७ वर्षका जवान छोराको संरक्षिा वीर्यको प्रयोग राजश्रीले सरोगेट प्रेग्नेन्सी गराइन् । प्रथमेशको सन्तानले १२ फेब्रुअरीमा जन्म लिए ।

हजुरआमा राजश्रीले सन्तालाई भगवानको आशिर्वाद भन्दै नातीको नाम छोराको प्रथमेश राखेकी छन् भने छोरीको नाम प्रीशा राखेकी छन्।


आफ्नो छोरा ‘पुनः प्राप्त गर्नका लागि’ राजश्रीले जर्मनीसम्मको यात्रा तय गरिन् । उनले जर्मनी गएर छोराको वीर्य प्राप्त गर्ने सबै औपचारिकता पूरा गरिन् । फर्केर पुणेको सह्याद्रिक अस्पतालमा आईवीएफको साहरा लिइन् ।

अस्पतालका आईवीएफ विशेषज्ञ डाक्टर सुप्रिया पुराणिक भन्छिन्–आईवीएफ प्रक्रिया हाम्रा लागि दैनिक काम हो ।

तर यो मामिला अनौठो थियो । यसबाट एउटी यस्ती आमाको भावना जोडिएको थियो, जुन कुनै पनि मूल्यमा आफ्नो छोरा प्राप्त गर्न चाहन्थिइन् । पूरै गर्भाधानका क्रममा राजश्रीको रवैया निकै सकारात्मक रह्यो । बीबीसी हिन्दीबाट

© Copyright by The News Nepal
Designed By Appharu