सिरिया संकटः मरिएला भन्ने डर बाँचे पनि, राहतको बदलामा राहतकर्मीबाट चरम यौन शोषणा

सिरियाका राहत शिविरहरुमा महिलाको यौन शोषण हुने गरेको पाइएको छ। संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संगठनहरुका तर्फबाट सहयोग पुराइरहेका राहतकर्मीहरुले महिलाहरुका साथ यौन शोषण गरेको बीबीसीले जनाएको छ।

राहतकर्मी पुरुषहरुले सेक्सको बदला भोजन बेच्ने गरेका हुन् । तीन वर्षअघि दिइएको चेतावनीका बावजुद एउटा नयाँ रिपोर्टले देशका दक्षिणी हिस्सामा भोजनको बदला यौन जारी रहेको हो ।

संयुक्त राष्ट्रसंघ र अन्य संगठनहरुका अनुसार उक्त क्षेत्रमा काम गरिरहेका उनीहरुका सहयोगी संगठनहरुविरुद्ध कुनै गुनासो प्राप्त भएको छैन ।

राहतकर्मीले बीबीसीलाई बताएअनुसार महिलाहरुका साथ शोषण ठुलो परिमाणमा भइरहेको छ, जसका कारण सिरियाली महिलाहरु राहत वितरण केन्द्रमा जानसमेत मानिरहेका छैनन् ।

एक जना राहतकर्मीको दावीअनुसार केही मानवतावादी एजेन्सीहरुले यो मामिलालाई अनदेखा गरिरहेको थियो, किनभने उनीहरुका लागि खतरनाक क्षेत्रमा स्थानीय अधिकारी र सहयोगी संगठन काम गरिरहेका थिए ।

संयुक्त राष्ट्रसंघको जनसंख्या कोषको एउटा मूल्यांकनमा यो कुरा थाहा भएको थियो कि सहयोग सामग्री दिएपछि बदलामा महिलाहरुको यौन शोषण गरिँदै थियो । संगठनले यो मूल्यांकन गत वर्ष सिरियाको विभिन्न प्रशासनिक क्षेत्रमा गरेको थियो ।

निशानामा एकल र विधवा महिला

‘भ्वाइस फ्रम सिरिया–२०१८’ नामको यो रिपोर्टमा लैंगिक हिंसाको विश्लेषण गरिएको थियो, जसमा कयौ घटनाको जिकिर गरिएको थियो ।

रिपोर्टमा भनिएको छ–महिलाहरु र किशोरीहरुसँग राहतकर्मीहरुले उनीहरुको फोन नम्बर माग्थे र उनीहरुलाई घर लैजान्थे, विधवा र सम्बन्ध विच्छेद गरेका महिलाहरु निशानामा बढी हुन्थे ।

यसप्रकारको पहिलो घटना तीन वर्षअघि सार्वजनिक भएको थियो । सहयोग पुराउने एक संगठनका लागि सल्लाहकारको काम गरिरहेकी डेनिएल स्पेन्सरसँग २०१५ मा जोर्डनमा केही सिरियाली महिलाहरुको समूहले यसबारे गुनासो गरेका थिए ।

स्पेन्सर भन्छिन्–उनीहरु तबसम्म सामग्रीहरु रोकेर राख्थे जबसम्म बदलामा उनीहरुले सेक्स गर्न पाउँदैन थिए ।

उनी अगाडि भन्छिन्–मलाई याद छ कि एक जना महिला आफ्नो कोठामा रोइरहेकी थिइन् । उनका साथमा जे भएको थियो त्यसबाट उनी निकै दुःखी थिइन् ।

‘महिला र किशोरीहरुलाई राहत सामग्री दिने बेला सुरक्षा दिनु आवश्यक छ ।’

४० प्रतिशत महिला यौन हिंसाको शिकार

द इन्टरनेशनल रेस्क्यु कमिटिले यस्तै सर्भे जुन २०१५ मा गरेको थियो, जसमा १९० जना महिला र किशोरी समावेश थिए ।

रिपोर्टका अनुसार ४० प्रतिशत महिलाहरुले स्वीकार गरे कि सहयोगका बदलामा उनीहरु यौन हिंसाको शिकार भएका थिए ।

कमिटिका प्रवक्ताले भने–सर्भेको निष्कर्ष थियो कि दक्षिण सिरियामा यौन हिंसा व्यापक चिन्ताको विषय हो, जसमा राहत सामग्रीको बदला यस्तो गरिनु पनि समावेश थियो ।

बीबीसीले यो दुवै रिपोर्ट हे¥यो, जुन १५ जुलाई २०१५ मा संयुक्त राष्ट्रसंघ जनसंख्या कोषको बैठकमा पेस गरिएको थियो । जोर्डनको राजधानी अम्मानमा बसेको बैठकमा संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय संगठनले भाग लिएका थिए ।

निगरानी टोली

द इन्टरनेशनल रेस्क्यु कमिटिका प्रवक्ताले भने–हामीहरुले दक्षिण सिरियामा महिला र किशोरीहरुको राम्रो सुरक्षाका लागि कयौ नयाँ कार्यक्रम सुरु गरेका छौ ।

केयर संस्थाले सिरियामा निगरानी टिम विस्तार गरेको र राहत सामग्री स्थानीय एजेन्सीलाई दिन बन्द गरेको छ।

स्पेन्सरको दावीअनुसार राहत पुराउने संस्थाहरुको यो मामिलामा आँखा बन्द थियो, ताकि सामग्री दक्षिण सिरिया पुगिरहोस् ।

उनी भन्छिन्–महिलाहरुविरुद्ध यौन हिंसालाई कयौ वर्षसम्म नजरअन्दाज गरियो

२०१५मा संयुक्त राष्ट्र संघीय जनसंख्या कोषको बैठकमा सहभागी एक अन्य स्रोतले बीबीसीसँग भने–यौन शोषणमाथि विश्वसनीय रिपोर्ट पेस गरिएको थियो, तर संयुक्त राष्ट्रसंघले यस विषयमा खासै चासो देखाएन ।

जनसंख्या कोषका प्रवक्ताले यौन शोषणसँग सम्बन्धित विषयका बारेमा सुनेको तर कोष जुन सहयोगी संस्थाको साथ काम गरिरहेको थियो, त्यसविरुद्ध कुनै गुनासो नआएको बताए ।

युनिसेफका प्रवक्ताले २०१५ मा भएको बैठकमा भाग लिएको कुरा स्वीकार गरेका छन् । संस्थाका अनुसार आफ्नो स्थानीय सहयोगी संस्थाको समीक्षा गरेको छ। संस्थाले यो पनि भन्यो कि सहयोगी संगठनविरुद्ध कुनै गुनासो प्राप्त भएको छैन । बीबीसी हिन्दी

© Copyright by The News Nepal
Designed By Appharu