तपाईलाई थाहा छ, हाम्रो हातखुट्टा किन निदाउँछ ? यस्ता रोगको संकेत पनि हुन सक्छ

केहीबेर आरामले बसेपछि जब उठिन्छ तब थाहा हुन्छ खुट्टा निदाएको छ । यस्तो हातमा पनि हुन्छ । तर के यो खतरनाक छ ?

कुनै एउटो पोजिशन बसिरहेपछि जब उठिन्छ तब खुट्टा झनझनाउन थाल्दछ । यस्तो लाग्छ कि जस्तो कि खुट्टा नै छैन । तर केहीबेरपछि हिडेपछि सबै ठिक हुन्छ ।

विल्कुल यस्तै हातमा पनि हुन्छ । कुर्सीमा हात लगाएर धेरैबेरसम्म हात टेकाएपछि वा ओछ्यानमा हातको बलमा सुत्ने वा हातको सिराती बनाउँदा हात निदाउँछ ।

विज्ञानका अनुसार हातखुट्टा निदाउनु आम कुरा हो । वास्तवमा एउटै पोजिशनमा धेरैबेरसम्म रहँदा केही नशा दबिन्छ । जसका कारण हात र खुट्टाले पर्याप्त मात्रामा अक्सिजन पाउँदैन । अक्सिजन अभावमा अंग बचाउ मुद्रामा आउँछ र अति जरुरी काम मात्र गर्दछ ।यसको संकेत मष्तिस्कले पनि पाउँछ ।

र, अक्सिजनका लागि छटपटाइरहेको हात र खुटलाई सहयोग गर्दछ । दिमाग झनझनाहटको संकेत दिएर पहलकदमी लिने वा हिँडडुल गर्नबा लागि बाध्य बनाउँछ । आमरुपमा हात वा खुट्टा निधाउनु सामान्य कुरा हो ।

तर, यदि हात वा खुट्टा कयौपटक निदाउन थाल्यो वा झनझनाहट निको हुन धेरै बेर लाग्यो भने चिकित्सकको सुझाव लिनु जरुरी मानिन्छ । किनभने स्लिप डिस्क, मल्टिपल स्क्लेरोसि वा मधुमेहका कारण पनि यस्तो हुने गर्दछ ।एजेन्सी

© Copyright by The News Nepal
Designed By Appharu