सवै पार्टीले शर्त मानेमा सिरियामा युद्धविराम सम्भव :रसिया

मस्को, १४ फागुन (रासस÷सिन्ह्वा), रुसका विदेश मन्त्री सर्गेइ लाभरोभले सिरियाका सवै दलहरूले सर्तहरू मान्न तयार भए मात्रै राष्ट्रसंघीय सुरक्षा परिषद्को युद्धविरामको प्रस्ताव कार्यान्वयन हुने बताउनु भएको छ ।


सुरक्षा परिषद्को प्रस्ताव २४०१ कार्यान्वयन गर्न धेरै बाधाहरु आइपरेको उहाँले सोमबार आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।


सुरक्षा परिषद्को उक्त प्रस्तावमा सिरियाका सवै पक्षलाई कम्तिमा तीस दिने युद्धविराम गरी मानवीयता कायम राख्न आग्रह गरिएको छ ।


रसियाका उच्च कुटनीतिक अधिकारी लाभरोेभले आईएस लडाकूले मात्रै नभई अन्य पक्षले पनि युद्धविरामका सर्तहरू पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

© Copyright by The News Nepal
Designed By Appharu