युवतीले प्रेमीसँग मिलेर परिवारले बिहेको लागी खोजिदिएको केटालाई ज्युँदै जलाएर हत्या गरिन्

भारत तेलंगनाको जांगौनमा अरुणा नाम गरेकी बिस बर्षिया युवतीले आफ्नो प्रेमीसँग मिलेर आफ्नो बिहेको लागी कुरा छिनिएको २२ बर्षीय युवक यकैनाको शरीरमा पेट्रोल छर्केर आगो लगाई हत्या गरेका छन्।

अरुणाको यकैया सँग बिहेको लागी एक महिना अघि कुरा छिनिएको थियो।अरुणाले बालासामी नाम गरेका युवालाई प्रेम गर्छिन् भन्ने अरुणाको परिवारलाई राम्रोसँग थाहा थियो तर बिहेको कुरा छिन्दा अरुणाले अस्वीकार गरिनन्। तर बिहेको कुरा छिनिसकेपछि पनि अरुणा र उनका प्रेमी बालासामीले भेट्न छोडेनन्।

अरुणाले बालासामीलाई एक्लै भेट्न घर बाहिर बोलाइन् र आफ्ना प्रेमीसँग मिलेर शरीरमा पेट्रोल छर्किन् र आगो लगाईदिन्।

आगो लागेर सख्त घाईते भएका बालासामीको अस्पतालमा उपचारको क्रममा मृत्यु भयो ।

© Copyright by The News Nepal
Designed By Appharu