कसरी भयो श्रीदेवीको मृत्यु ? डाक्टरहरुले पत्ता लगाए मृत्युको कारण, के बचाउन सम्भव थिएन ?

शनिबार अबेर राति जब भारत सुतिरहेको थियो तब दुबईबाट आउने नराम्रो खबरले सबैलाई आश्चर्यमा पारिदियो । खबर यति भयानक थियो कि निकैबेरसम्म विश्वास गर्न गाह्रो भयो । र, अधिकांशले यसलाई अफवाह बताइरहे वा अफवाह भएको कामना गरिरहे ।

तर, केहीबेरमै यो खबरको पुष्टि भयो । ५४ वर्षको उमेरमा अभिनेत्री श्रीदेवी यो संसारबाट अलविदा भइन् अहिलेसम्म प्राप्त जानकारीअनुसार उनी दुबईमा एउटा विवाह समारोहमा सहभागी भइरहेकी थिइन, त्यही उनलाई भीषण कार्डियक अरेष्ट भयो । दुब्ली पातली श्रीदेवीलाई हेरेर यो भन्न कठिन छ कि फिटनेशको विषयमा सजग श्रीदेवी सेलिब्रेटीलाई अचानक एकै दिनमा यस्तो रोगकारण विदा हुनेछिन् ।

कस्तो हुन्छ कार्डियक अरेस्ट ?

तर, कार्डियक अरेस्ट के हो,यो मानिसको शरीरका लागि यति खतरनाक किन सावित हुन्छ र यो मुटु फेल हुने वा हृदयघात हुनुभन्दा फरक कसरी छ ?

श्रीदेवीको निधनको खबरमा अचानक र आकस्मिक पटकपटक पढ्न पाइनेछ र यसको कारण पनि बहसकै विषय बन्ने छ। हार्ट ओआरजीका अनुसार वस्तवमा कार्डियक अरेस्ट अचानक हुन्छ र शरीरको तर्फबाट कुनै चेतावनी पनि दिँदैन । यसको कारण आमरुपमा मुटुमा हुने इलेक्ट्रिक गडबडी हो, जसले धड्कनको तालमेला बिगार्दछ ।

यसमा मुटुलाई पम्प गर्ने क्षेमतामा असर पुग्छ र त्यो दिमाग, मुटु वा शरीरको अन्य भागसम्म रगत पुराउन सफल हुँदैन । यदि सही समयमा सही उपचार नपाएको खण्डमा कार्डियक अरेस्ट भएको केही सेकेन्ड वा मिनेटमै मृत्यु हुन सक्दछ ।

कार्डियक अरेस्टमा मृत्यु निश्चित छ ?

अमेरिकामा प्राक्टिस गरिरहेका सिनियर डाक्टर सौरभ बंशलले बीबीसीसँग भने–यो निकै दुखद हो, कसैले पनि यस्को कल्पना गरेका थिएनन् होला ।

‘वास्तवमा कार्डियक अरेस्ट हरेक मृत्युको अन्तिम विन्दु भन्न सकिन्छ । यसको अर्थ हो मुटुको धड्कन बन्ध हुनु र यही मृत्युको कारण हो ।’

तर, यसको कारण के हुन्छ ?

डाक्टर बंसल भन्छन्–यसको कारण अलग अलग हुन सक्दछ । आमरुपमा यसको कारण ठुलो हृदयघात हुनसक्दछ। यद्यपि कुरा यो पनि हो कि ५४ वर्षको उमेरमा आमरुपमा ज्यान लिने हृदयघात हुँदा खतरा कम हुन्छ । उनलाई अन्य प्रकारको मेडिकल समस्या पहिला पनि हुन सक्दछ । तर, स्पष्ट छ यसका बारेमा हामीहरु थाहा पाउँदैनौ ।

ब्रिटिश हार्ट फाउन्डेशनका अनुसार मुटुमा इलेक्ट्रिकल सिग्नलको समस्या शरीरमा जब रगत पुराउँदैन तब त्यसले कार्डियक अरेस्टको रुप लिन्छ । जब मानिसको शरीरलाई रगत पम्प गर्न बन्द गरिदिन्छ तब दिमागमा अक्सिजनको कमी हुन्छ । यस्तो भएको अवस्थामा मानिस बेहोस हुन्छ र स्वास लिन बन्द हुन थाल्छ ।

के हुने लक्षण देखिन्छ ?

सबैभन्दा ठुलो समस्या यही हो कि कार्डियक अरेस्ट आउनुअघि यसको कुनै लक्षण देखिँदैन । यही कारण कार्डियक अरेस्टको अवस्थामा मृत्युको खतरा कयौ गुना बढ्ने गर्दछ । यसको सबैभन्दा आम कारण असाधारण हार्ट रिदम बताइने गरेको छ, जसलाई विज्ञानको भाषामा भेंट्रिकुलर फिब्रिलेशन भनिन्छ ।

मुटुको इलेक्ट्रिकल गतिविधिहरु यति बढी बिग्रन्छ कि त्यसले धड्कन बन्द गरिदिन्छ र एकप्रकारले कम्पन सुरु हुन्छ । कार्डियक अरेस्टका अन्य कारणहरु पनि हुन सक्दछ । तर मुटुसँग सम्बन्धित केही रोगहरुले यसको आशंका बढाउने गर्दछ । त्यसका कारण यस्ता छन्ः–

–कोरोनरी हार्टको रोग

–हृदयघात

–कार्डियोमायोपैथी

–काँनजेनिटल मुटु रोग

–हार्ट भल्भमा समस्या

–हार्ट मसलमा इन्फ्लेमेशन

–लंग क्यूटी सिन्ड्रोमजस्ता डिसअर्डर

यसका अलावा केही अन्य कारण पनि छन्, जसले कार्डियक अरेस्ट निम्ताउन सक्दछ । जस्तैः–

–बिजुलीको झड्का लाग्नु

–आवश्यकताभन्द बढी ड्रग्स सेवन

–हैमरेज जसमा रगत धेरै नोक्सान हुन्छ

–पानीमा डुब्नु

यसबाट बच्न सम्भव छ ?

तर के कार्डियक अरेस्टबाट रिकभर गर्न सकिन्छ ? हो, कयौपटक छातीको माध्यमबाट इलेक्ट्रिक शक दिँदा रिकभर गर्न सकिन्छ । यसका लागि डिफिब्रिलेतर नामको टुल प्रयोग हुन्छ । यो आमरुपमा सबै ठुला अस्पतालमा पाइन्छ । यसमा मुख्य मेशिन र शक दिने बेश हुन्छ । जसलाई छातीमा लगाएर अरेस्टबाट बचाउने कोशिस गरिन्छ ।

तर, समस्या यो छ कि यदि कार्डियक अरेस्ट आएको अवस्थामा वरपर डिफिब्रिलेटर छैन भने के गर्ने ?

यसको पनि उत्तर छ । सीपीआर । यसको मतलव हो कार्डियोपल्मोनरी रिससिटेशन । यसमा दुवै हातलाई सिधा राखेर विरामीको छातीमा जोडले दबाव दिइन्छ । यसमा मुखको माध्यमबाट हावा पनि पुराउने गरिन्छ ।

हृदयघातभन्दा कसरी फरक ?

अधिकांश मानिस कार्डिउक अरेस्ट र हृदयघातलाई एउटै मान्ने गर्दछन् । तर यो सत्य होइन, दुवैमा धेरै फरक छ।

हृदयघात तब आउँछ जब कोरोनरी आर्टिरीमा थक्का जमेका कारण मुटुको मांसपेशीहरुसम्म रगत जाने बाटोमा खलल उत्पन्न् हुन्छ । यसमा छातीमा तिब्र पीडा हुन् छ। यद्यपि कतिपय अवस्थामा लक्षण कमजोर हुन्छ । तर मुटुलाई हानी पुराउनका लागि काफी सावित हुन्छ ।

यसमा मुटुले शरीरका अन्य हिस्सामा रगत पुराउने क्रम जारी रहन्छ र विरामी होसमै पनि हुन सक्छ । तर, जुन व्यक्तिलाई हृदयघात हुन्छ, यसलाई कार्डियक अरेस्टको खतरा बढ्दछ । र, कार्डियक अरेस्टमा मुटु तत्काल आधारमा रगत पुराउन बन्द हुन्छ। यही कारण हो कि यसको शिकार भएका व्यक्ति अचानक बेहोस हुन्छ र स्वास पनि बन्द हुन्छ ।

कारण के हुन सक्दछ ?

डाक्टर बंसलका अनुसार–कार्डियक अरेस्टको अर्थ हो मुटुको धड्कन बन्द हुनु ।र, हृदयघाताके अर्थ हो मुटुलाई पर्याप्त मात्रामा रगत प्राप्त नहुनु ।

‘हो, यो जरुर हो कि रगत नपाएका कारणबाट कार्डियक अरेस्त हुन जान्छ । यस्तोमा हृदयघात यसको कयौ कारणमध्ये एक हो ।’

‘एउटा रगतको थोपा कार्डियक अरेस्टको कारण बन्न सक्दछ। यसको अलावा पनि कयो कारण हुन सक्दछ । दुबईमा डाक्टरहरुले यो कुरा पत्ता लगाएका होलान् वा लागिरहेको होला कि श्रीदेवीलाई कार्डियक अरेस्ट भयो । शायद उनीहरुलाई अहिलेसम्म यसको कारण पनि थाहा भइसक्यो होला ।

हृदयघातमा बच्न सहज छ ?

हृदयघातमा आर्टिरीको बाटो रोकिँदा अक्सिजनवाला रगत मुटुको एउटा विशेष हिस्सासम्म पुग्दैन । यदि यसको बाटो तत्कालै खोलएन भने यसको माध्यमबाट मुटुको जुन हिस्सामा रगत पुग्छ, त्यहाँ धेरै नोक्सान हुन सुरु हुन्छ । हृदयघातको मामिलामा उपचार पाउन जति ढिला हुन्छ, मुटु र शरीरलाई त्यति नै बढी क्षति पुग्छ ।

यसको लक्षण तत्कालै पनि देखिन सक्छ र केही ढिला पनि । यसको अलावा हृदयघात भएको केही घण्टा वा केही मिनेटपछिसम्म यसको असर देनि थाल्छ । सडन कार्डियक अरेस्टभन्दा अलग हृदयघातमा मुटुको धड्कन बन्द हुन्छ ।

त्यसैले कार्डियक अरेस्टको तुलनामा हृदयघातमा विरामीलाई बचाउन सक्ने सम्भावना निकै बढी हुन्छ । मुटुसँग सम्बन्धित यो दुबै रोग अपसमा गहिरोसँग जोडिएका छन् । समस्या यो पनि हुन्छ कि हृदयघातका क्रममा र त्यसको रिकभरीका क्रममा पनि कार्डियक आउन सक्दछ। यो जरुरी छैन कि हृदयघात भएपछि अरेस्ट हुने छ । तर आशंका अवश्य रहन्छ ।

मृत्युको कति ठुलो कारण ?

एनसीबीआईका अनुसार कार्डियोभैस्कुलर रोगी संसारमा करिब १.७ करोड वर्षेनी मृत्युका लागि जिम्मेवार छ । यो मुल मृत्युको ३० प्रतिशत हो । विकासशील देशहरुको कुरा गर्ने हो भने त यो एचआइभी, मलेरिया र टीबीको संयुक्त मृत्युको दुई गुना बढी मृत्युका लागि जिम्मेवार छ ।

एउटा अनुमान अनुसार मुटु रोगबाट हुने मृत्युमा सडक कार्डियक अरेस्टबाट हुने मृत्युको हिस्सेदारी ४०–५० प्रतिशत छ। संसारभरमा कार्डियक अरेस्टबाट बच्ने दर एक प्रतिशतभन्दा पनि कम छ र अमेरिकामा यो करिब ५ प्रतिशत छ।

संसारभरमा कार्डियक अरेस्टबाट हुने मृत्यु यो कुराको संकेत हो कि यसको ज्यान लिने क्षमताबाट बच्न सहज छैन । यसका लागि वैकल्पिक रणनीतिहरुमा पनि काम भइरहेको छ। कार्डियक अरेस्टबाट रिकभर गर्नमा सहयो गर्ने टुल सजिलै उपलव्ध छैन । र विकासशील देशहरुमा त अवस्था झनै खराब छ। बीबीसी हिन्दीबाट

© Copyright by The News Nepal
Designed By Appharu