यस्तो पो जोडी, जम्ल्याहा दाजुभाइले पाए जल्याहा दिदीबहिनी, कन्फ्युज्ड हुने डर

अमेरिकामा एउटा यस्तो जोडी सार्वजनिक भएको छ जुन यदि एक साथ देखा पर्ने हो भने देख्नेहरु अचम्ममा पर्ने छन् ।

किनभने जम्ल्याहा दाजुभाइ जोश र जेरेमी सेलर्सको प्रेम दुई जम्ल्याहा दिदीबहिनीसँग भएको छ। रोचक कुरा त दुवैले एक साथ जम्ल्याहा दिदीबहिनीलाई प्रपोज गरेका थिए र अब एक साथ विवाह गर्न गइरहेका छन् ।

यो जोडीका विषयमा रोचक कुरा यो छ कि सामाजिक सञ्जालमा मानिसहरुको प्रतिक्रिया । उनीहरुलाई देखेपछि सबैभन्दा पहिलो प्रश्न यही गरिरहेका छन् कि विवाह त ठिकै छ तर के उनीहरु एकअर्काका विषयमा कन्फ्युज्ड त हुँदैनन् ?यस्ता अनेकन रिएक्सन देखिएको छ।

३४ वर्षका जम्ल्याहा दाजुभाइ जोश र जेरेमी सेलर्सको भेट ३१ वर्षीया ब्रिट्नी र ब्रियाना स्पियर्ससँग एउटा उत्सवका अवसरमा भएको थियो । पहिलो नजरमा दुवै भाइले उनीहरुलाई मन पराए । दुवैले त्यतिबेलै दिदीबहिनीलाई प्रपोज गर्ने मन गरेका थिए ।

जम्ल्याहा दिदीबहिनीमध्ये ब्रियानाले भनिन्–हामी एउटा मेलामा थियौ, तब जम्ल्याहा दाजुभाइ हामीसामु देखिए । उनीहरु हामीलाई हेरिरहेका थिए, हामी उनीहरुलाई हेरिरहेका थियौ । सबै कुरा स्लो मोशनमा भइरहेको थियो चलचित्रमा जस्तै । हामी अघिल्लो जन्मको सम्बन्धमा विश्वास गर्दछौ । शायद हामीले त्यही व्यक्ति भेट्यौ ।

तपाईलाई भनिहालैं अब ब्रियानाको जेरेमीसँग र ब्रिट्नीको जोशसँग विवाह हुनेछ । उनीहरुको विवाह पनि एकैपटक हुने तय भएको छ। एजेन्सी

© Copyright by The News Nepal
Designed By Appharu