तपाँइको आजको राशिफल / वि.सं. २०७४ फाल्गुन ०५ गते शनिवार, तदनुसार ई. सं. २०१८ फ्रेबुअरी १७ तारिख

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ । साझेदारीमा फाइदा हुनेछ । विभिन्न भौतिक साधनहरू जुट्नेछन् । परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । गरेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्याङ्कन हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
सामाजिक कामको दायित्व बढ्नेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । काममा मान्यजनको सहयोग प्राप्त हुनेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा राम्रो फाइदा छ, अहिलेको लगानीले दीर्घकालमा फाइदा पुग्नेछ । ज्ञान र बुद्धिको क्षेत्रका सफल भइने छ । हाकिम, गुरुवर्ग वा विशिष्ट व्यक्तिको विचारले प्रभावित तुल्याउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । पेसागत वा व्यवसायिक लाभदायी यात्राका लागि अनुकूल समय छ ।परोपकार र धार्मिक क्षेत्रमा लगानी गरेमा अझ राम्रो हुनेछ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाइमा पनि राम्रै प्रगति हुनेछ । साथीभाइसित भेटघाट हुने र आकस्मिक लाभ मिल्ने दिन छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ । सहयोगीहरूको भरपर्दा सबै काम नबन्न सक्छन्, सजग रहनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिन सकिने छ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला । परिवारजनको आत्मीयतामा कमी आउने छ । सवारीसाधन हाँक्दा सचेत हुनुपर्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
परिवारजनको साथले नयाँ आशा पलाउनेछ ।कामको चाप र थकाइबाट मुक्त रही विश्राम पाइनेछ । मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । अतिथिका रूपमा सम्मान पाइनेछ । रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । घरायसी प्रयोजनका सुखसुविधाका सामाग्रीको किनमेल गरिने छ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ ।शत्रु र प्रतिद्वन्द्वीको योजना र चलखेल थाहा पाउनाले काम गर्न सजिलो हुनेछ । आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । वैदेशिक यात्राको प्रकिया अघि बढ्न सक्छ । पुरानो लेनदेन र बाँकीबक्यौताको समस्यालाई हल गरिने छ । साथीभाइले सकेको मद्दत गर्नेछन् । कामको चाप बढ्ने छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आम्दानी प्रशस्तै बढ्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ ।सन्तति, भाइबहिनी र परिवारका सदस्यसँग आत्मीय सम्बन्ध कायम हुनेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला । प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ । दिन उत्साहपूर्ण रहला । स्वास्थ्य सबल रहनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मातृधनको उपयोगबाट सामान्य लाभ उठाउन सकिने छ । पशुधन र जमिनबाट पनि सामान्य फाइदा होला । बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । काममा मातापिताको सहयोग प्राप्त होला । कृषि–चौपायाबाट लाभ मिल्नेछ । नयाँ काममा हात हाल्ने समय छ । स्थायी सम्पत्ति जोड्ने समय छ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
पराक्रम र उत्साह बढ्नेछ । प्रतिस्पर्धी परास्त हुनेछन् । रोजगारी र व्यापार÷व्यवसायमा आज विशेष महत्वको दिन हुनेछ ।आम्दानी बढ्नेछ । कृषिक्षेत्र वा घरपरिवारमा देखिएका चुनौतीको निवारण गरिने छ । दाजुभाइ र बन्धुबान्धवका काममा सहभागी बन्नुपर्ने देखिन्छ, त्यस्तै सामाजिक कार्यमा नेतृत्वदायी भूमिका वहन गर्नु पर्नेछ, जसबाट सम्मान प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ । राम्रै फाइदाको योग छ । रोकिएका काम सम्पादन हुनेछन् । पठन–पाठनमा प्रगति हुनेछ । विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । लगनशीलता देखाएमा राम्रो उपलब्धी हासिल हुनेछ । काम र पठन–पाठनमा रुचि जाग्नेछ । सामुदायिक भावनाको विकास हुने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
रचनात्मक काम सुरु गर्ने समय छ । रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला । विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ । नयाँ कामको प्रस्ताव आउनेछ । अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन् । मनग्ये धन आर्जन होला । पारिवारिक भेटघाटको समय छ । विशेष व्यक्तित्वलाई भेट्ने मौका आउला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
व्यवसायमा थप लगानी बढाउन सकिने छ ।केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा रूपान्तरित हुने योग छ । दिगो फाइदा हुने काममा लगानी बढाउन सकिने छ । घरसल्लाहमा समझदारी नभए पनि दाम्पत्य सम्बन्ध झन् बलियो भएर जानेछ । आर्थिक सङ्कट हुँदाहुँदै पनि व्यवसायमा लगानी बढाउनुपर्ला ।

© Copyright by The News Nepal
Designed By Appharu